एकल आमाका सन्तानले नागरिकता पाउन किन गाह्रो ?

33 Hits

डा. नम्रता पाण्डे।

मानिस प्रकृतिको सुन्दर सिर्जना हो । कसैले पनि म जन्म लिन्छु भनेर जन्म लिन सक्दैन न त मानिसले आफूले रोजेको कोखबाटै जन्म लिनसक्छ । अस्तित्वको कृपा र सौभाग्यले मात्र मानिसले यो धर्तीमा पाइला टेक्न पाएको छ । अहिले हाम्रो देशमा एकल महिलाका सन्तान र उनीहरूले प्राप्त गर्ने नागरिकता बहसको विषय बनेको छ । ‘आमाको नामबाट मात्र नागरिकता प्राप्त हुँदैन’ भन्ने शब्द र व्यवहार हामीले भोग्दै आएको तथ्य हो । हुँदाहुँदा भाषा र शब्द समेतमा ख्याल नगरी, कतैकतै भनेको सुनिन्छ–एकल आमाबाट जन्मिएका बच्चा । बच्चा कसरी एकल आमाबाट मात्र जन्मिन्छ ? सन्तान जन्मिएपछि बाबुले छोड्दा वा अलग बस्दा शिशु आमासँग मात्र बस्न बाध्य हुनसक्छ । हामी हाम्रा शब्दहरू कसरी प्रयोग गर्छौं र त्यसले मानवीय भावनामा कसरी चोट पुर्‍याउँछन् थाहै पाउँदैनौं । यसको अर्थ हामी बेहोसी छौं ।

आफू जन्मिएको राष्ट्रको नागरिक भएर बाँच्न पाउने तथा आÏनो कानुनी पहिचान र अस्तित्वका निम्ति परिचय पाउने सबैको नैसर्गिक अधिकार हो । यद्यपि एकल महिलासँग हुर्किएका सन्तानले सजिलै नागरिकता नपाई अनेकौं नियम, कानुन र नागरिकता प्रदान गर्ने कार्यालय एवं सरोकारवालाहरूबाट अपहेलित भएका तथा नागरिकता प्राप्त गर्न झन्झट बेहोर्नुपरेका घटना सुन्दै, पढ्दै अनि देख्दै आइएको कुरा हो । बाबुको नाताबाट सन्तानले सजिलै नागरिकता पाउने तर आमाको नाताबाट किन नपाउने ? अनि एकल महिलाका सन्तानलाई नागरिकता प्रदान गर्न किन झन्झट ?

समाज र राष्ट्रले नै बनाएको नियम हो–नागरिकताबिना कुनै पनि व्यक्ति राष्ट्रको संरक्षकत्व प्राप्त गर्नबाट वञ्चित हुनुका साथै आर्थिक, सामाजिक, राजनीतिक आदि सबै अधिकारबाट वञ्चित हुनपुग्छ । महिला हक–अधिकार र समानताको मुद्दा लिएर सडकमा जति उत्रिए पनि अझैसम्म लैङ्गिक समानता र आमा वा बाबुको नाममा नागरिकता प्राप्त गर्ने समान अधिकार सुनिश्चित गर्न सकिएको देखिँदैन जसले गर्दा नेपालको आर्थिक विकास, राजनीतिक स्थिरता, लोकतन्त्र, शान्ति, स्वाभिमान एवं नेपालको सार्वभौमसत्तामाथि प्रत्यक्ष–अप्रत्यक्ष असर परिरहेको छ ।

त्यसो त नागरिक समाजले कुनै पनि नेपाली नागरिकले बिनाझन्झट नागरिकता पाउनुपर्छ भनी आवाज उठाउादै आएको छ र उसले सम्बन्धित निकायमा आफ्ना मागहरूसमेत उठाएको छ । मागका केही प्रमुख बुँदा :

१.    आमा वा बाबुमध्ये एक नेपाली नागरिक भए निजका सन्तान स्वत: वंशजका आधारमा नेपाली  नागरिक ठहर्नेछ भन्ने कुरा प्रस्ट रूपमा संविधानमै उल्लेख गर्नुपर्ने ।

२.    संविधानले नेपाली पुरुष र महिला दुवैका लागि नागरिकता प्राप्त गर्ने, कायम राख्ने र परिवर्तन गर्ने समान अधिकारको व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ । संविधानको नागरिकतासम्बन्धी प्रावधानले नेपालमा रहेका बालबालिका राज्यविहीन नहुने सुनिश्चितता गर्नुपर्छ ।

३.    मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा १५ र नेपाल पक्ष राष्ट्र भएका मानव अधिकारसम्बन्धी अन्य कैयौं महासन्धिहरूले प्रत्येक व्यक्तिको राष्ट्रियता प्राप्त गर्ने अधिकारको सुनिश्चितता गर्नुपर्ने, लिङ्ग, जातजाति, धर्म वा उत्पत्तिलगायत कुनै पनि आधारमा विभेद गर्न नहुने दायित्व नेपाल सरकारको हो जसको पालना हुनुपर्छ ।

४.    नागरिकता व्यक्तिको कानुनी पहिचानका निम्ति आवश्यक छ र यसको महत्व पनि छ । अन्तर्राष्ट्रिय स्तरमै नागरिकता र परिचयबिना धेरै काममा बाधा सिर्जना हुने हुँदा यसलाई महत्वपूर्ण पक्षका रूपमा लिइनुपर्छ ।

५.    नेपालमै पनि अध्ययनदेखि लिएर सम्पत्तिमा महिलाको पहुँच र अधिकार प्राप्तिमा नागरिकताकै आवश्यकता पर्छ । विभिन्न वर्ग, जाति एवं अल्पसंख्यकहरू पनि पहिचानको मारमा परेका प्रशस्त उदाहरण छन् जुन अब नहोस् ।

६.    द्वन्द्वपीडित, अपाङ्गता भएका, घाइते, अङ्गभङ्ग भएका अनि सशस्त्र द्वन्द्वमा परेकाहरूको राज्यले पहिचान गरे पनि नागरिकता प्रदान गरी पहिचान दिन नसकेका घटना पनि धेरै छन् ।

७.    महिलाबिना सृष्टिको कल्पनासम्म गर्न सकिँदैन तर महिलाले जन्माएका सन्तानलाई बाबुको पहिचान नभएको भन्ने आधारमा नागरिकता दिन हिच्किचाउनु मानवीय संवेदनाभित्र पर्दैन ।

८.    छिमेकी मुलुकसँगको नेपालको खुला सीमा र निर्वाध रूपमा हुने आवागमनका कारण नागरिकताका सम्बन्धमा असहज विषयहरू उठ्ने गरेका छन् तर नागरिकता प्राप्तिमा बन्देजमूलक कानुन बनाउनु उपयुक्त समाधान होइन । खुला सीमाको समस्या समाधानका लागि नागरिकतासम्बन्धी निषेधपूर्ण प्रावधानहरू सिर्जना गरी आÏनै नागरिकलाई नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित गरिनु ठीक होइन ।

९.    अहिलेको संविधानसभा मस्यौदा समितिले कुनै व्यक्तिले नेपालको नागरिकता लिन योग्य हुनका लागि ‘बाबु र आमा दुवै नेपाली नागरिक हुनु’ अनिवार्य हुनुपर्ने व्यवस्था प्रस्तावित गरेको छ । यो अत्यन्तै अव्यवहारिक एवं अमानवीय व्यवस्था हो । यसमा महिलाको अस्तित्वलाई अवमूल्यन गरिएको पाइन्छ । एउटी आमाले आÏना छोराछोरीलाई आÏनो पहिचानद्वारा स्वतन्त्र रूपमा नागरिकता प्रदान गर्न पाउने अधिकारको अवमूल्यन गर्छ । यस्ता नियम एवं निर्णयले महिलाको पहिचान र अधिकारमाथि बन्देज लगाउँछ । यसले महिलाको अस्तित्व र पहिचानमा नकारात्मक असर पर्छ । त्यतिमात्र नभएर बालबालिकाको नागरिकता प्राप्त गर्ने अधिकारलाई समेत कुण्ठित तुल्याउँछ ।

१०.    वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गर्न आमा र बाबु भन्ने प्रावधानले आÏना सन्तानलाई नागरिकता प्रदान गर्ने महिला र पुरुष दुवैको अधिकार कटौती गर्ने सम्भावना हुन्छ । त्यसैले वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गर्न आमा वा बाबु भन्ने प्रावधान राखिनुपर्छ भनी संविधान सभाभित्र तथा चौतर्फी रूपमा आवाज उठिरहेको छ । आमा र बाबु भन्ने शब्दको प्रयोगले महिला र पुरुषबीच समानताको प्रत्याभूति र महिलाको पहिचान स्थापित गरेजस्तो देखिए पनि वास्तवमा यसले महिलालाई आÏनो अधिकार प्रयोगका लागि पूर्णरूपमा पुरुषमा निर्भर हुनुपर्ने र पुरुषलाई पनि आÏनो अधिकार प्रयोगका लागि महिलामा निर्भर रहनुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरेको पाइन्छ ।

११.    आमा र बाबु भन्ने प्रावधान नभएर आमा वा बाबु भन्ने शब्द प्रयोग हुनासाथ आÏना सन्तानको संरक्षक र सम्पूर्ण जिम्मेवारी आफैं लिएका एकल महिलाका सन्तानका लागि नागरिकता प्राप्त गर्न सहज वातावारण बन्छ । त्यसो भए बालबालिकालाई पनि आमा वा बाबुमध्ये नागरिकताको प्रमाण पत्रमा दुईमध्ये एकको नाम छनौट गर्ने अवसर प्राप्त हुन्छ । यसले पुरुष वा महिला कसैलाई पनि आÏना सन्तानलाई नागरिककता दिलाउने अधिकारमा बन्देज लगाउँदैन किनभने यसले महिला र पुरुष दुवैलाई आÏना सन्तानलाई नागरिकता दिलाउन स्वतन्त्र अधिकार प्रदान गर्छ । यस किसिमको प्रावधानले एकल महिलाहरूलाई समाजमा लाञ्छित हुनबाट समेत जोगाउँछ । श्रीमान्ले परित्याग गरेको वा विवाह भएको भनी अस्वीकार गरेको अवस्थामा पनि महिलाले स्वतन्त्र रूपमा आÏना सन्तानलाई नागरिकता दिलाउन सक्छन् ।

एकल महिला भन्ने उपेक्षित शब्दको सट्टा आमा वा बाबु दुवैका हकमा लागू हुने भन्ने समान कानुन बनाएर नेपालीका सन्तानलाई नागरिकता दिने कानुन बनाइनु सबैभन्दा बुद्धिमत्तापूर्ण कार्य हुनेछ । बरु यसलाई प्रमाणित गर्न सर्तहरू आवश्यक भए एकल बाबु वा आमाका सन्तानका हकमा नेपालमा जन्म हुनुपर्ने, बसोबास हुनुपर्ने, अध्ययन आदि हुनुपर्ने जस्ता सर्त तोक्न सकिन्छ अन्यथा कानुनत: महिलाको अस्तित्व पुरुषको अस्तित्वमा निर्भर रहने कानुनले एकल महिलालाई सीधै उपेक्षा गरेको बुझिन्छ जुन कुरा धेरै टिक्न सक्दैन । महिला वा पुरुष आÏनो स्वतन्त्र अस्तित्वमा रही प्रेमपूर्ण एवं सम्मानजनक ढंगले बाँच्न पाउने अधिकार अस्तित्वले मानव जातिलाई दिएको छ । स्वतन्त्रतामा बाधा पुग्ने यस्ता कानुन धेरै दिन टिक्न सक्दैनन् । साभार- नारि

 

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*