स्थानीय तहसम्म कृषी रणनीति र संरचना बनाउन माग

686 Hits

स्थानीय तहसम्म कृषकमैत्री संरचना बनाउन माग

काठमाडौं , २९ जेठ ।

स्थानीय तहसम्म कृषकमैत्री संरचना बनाउन सराेकारवालाहरूले माग गरेका छन् । कृषि सराेकार समूहले राष्ट्रिय याेजना अायाेगका सदस्य डा. डील बहादुर गुरूंगसँग भेट गरि स्थानिय तहसम्म कृषक मैत्री ज्ञान केन्द्र बनाउन सुझाव दिएका हुन् ।

समाजका अध्यक्ष हरि कुमार श्रेष्ठकाे नेतृत्वमा रहेकाे विज्ञ टाेलीले एक कार्यपत्र नै पेश गरि नेपाललाई कृषीमा अात्मनिर्भर मात्र नबनाई निर्यातमा समेत महत्वपूर्ण भुमिका निर्बाह गर्न सकिने तथ्य पेश गरेका हुन् ।

कार्यपत्र प्रस्तुत गर्दै डा. विष्णु धितालले न्युनतम पनि ३ स्थानिय तहकाे बीचमा १ केन्द्र हुनुपर्नेमा जाेड दिए ।

अायाेगका सदस्य गुरूङले छिटो यश सम्वन्धमा एक बृहत् छलफल अायाेजना गरी स्थानिय तहमा कृषि विकास रणनीति निर्माण गर्न पहल गर्ने बताए ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*