के छ चार बुँदे समझदारीमा ?

146 Hits

२९ जेष्ठ, २०७५।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-उनले सिंगापुरमा अभूतपूर्व वार्ता गरेपछि एक संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। दुवै पक्षले एकदमै विशेष सम्बन्ध विकसित गरेको समेत भनेका छन्।


आज हामीले ऐतिहासिक बैठक गर्‍यौँ र विगतलाई पछाडि छोड्ने निर्णय हामीले गर्‍यौँ,’ किमले भने, ‘हामीले ऐतिहासिक दस्तावेजमा हस्ताक्षर गरेका छौ । संसारले एउटा मुख्य परिवर्तन देख्नेछ। ’ ट्रम्पले उत्तर कोरियामा आणविक निशस्त्रीकरणको प्रक्रिया एकदमै चाँडै सुरु हुने पनि बताए।

सम्झौताका बुदाहरु-

१. शान्ति र समृद्धिका लागि सम्झौताको पहिलो बुँदा दुई देशबीच नयाँ सिराबाट दुवै देशका जनताको चाहना अनुरूप सम्बन्ध स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ।

२. कोरियाली प्रायद्वीमा शान्ति स्थापनाका लागि आवश्यक पहल गर्ने र नयाँ ढंगले अगाडि बढाउने। पुराना प्रतिबद्धताहरूलाई पूरा गर्ने।

३. गत अप्रिलमा अन्तरकोरियाली शिखर सम्मेलनका बेला भएको आणविक निःशस्त्रीकरणलाई कार्यान्वयन गर्ने। पानमुन्जोम घोषणापत्रमा उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनबीच भएको सम्झौतालाई कार्यान्वयन गर्ने।

४. कोरियाली युद्धका क्रममा बन्दी बनाइएका युद्धवन्दीहरुलाई स्वदेश फिर्ती तथा परिपुरणको समहति समेत भएको छ।
-एजेन्सीको सहयोगमा/ मुलखबर

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी