प्रधानमन्त्री कपको उपाधि एपिएफलाई

49 Hits

काठमाडौँ । विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) ले त्रिभुवन आर्मी क्लबलाई पराजित गरी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितको उपाधि हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको फाइनल भिडन्तमा एपिएफले आर्मीलाई ६ विकेटले पराजित गरेको हो । आर्मीले दिएको २१० रनको लक्ष्य एपिएफले ४१ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । यता समूह चरणको खेलमा भने एपिएफ आर्मीसँग पराजित भएको थियो । उपाधिसहित एपिएफले रु २० लाख प्राप्त ग¥यो ।

त्यस्तै उपविजेतामा चित्त बुझाएको आर्मीले १० लाख पायो । टस जितेर पहिलो ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २०९ रनको योगफल बनायो । आर्मीका लागि भीम सार्कीले ४५ रन बनाए भने सोमपाल कामीले ३६, कप्तान विनोद भण्डारीले ३५ तथा राजेश पुलामी मगरले २७ रन जोडे ।

बलिङतर्फ एपिएफका करण केसीले एक्लैले ३ तथा वसन्त रेग्मी र भुवन कार्कीले २÷२ विकेट लिए । दुई सय १० रनको लक्ष्य पछ्याएको एपिएफको जीतमा अनिल शाह र प्रदीप ऐरीले उत्कृष्ट ब्याटिङ गरे । शाह र ऐरीले ६३÷६३ रनको योगदान दिए । त्यस्तै सुवास खकुरेलले १४, पृथु बाँस्कोटाले ३२, रोहितकुमार पौडेलले १५ तथा करण केसीले पनि समान १५ रनको योगदान दिए ।

 

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*