सावधान ! विश्वकपको नाममा यसो गरे परिएला फन्दामा, के के गर्न पाइन्न ?

101 Hits

काठमाडौं, २९ जेठ ।
आगामी बिहिबारदेखि सुरु हुन गइरहेको विश्वकप फुटबलले नेपाली बजार तताएको छ । सामाजीक सञ्जालदेखि होटल र रेष्टुरेन्टहरु विश्वकप हेर्ने बाजी मार्ने थलो बन्दैछन् ।
विश्वकपकै बहानामा हुने अपराध घटाउन तथा फजुल खर्च रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले कडा नियम सार्वजनीक गरेको छ । उक्त नियम उलंघन गरेमा प्रहरीको फन्दामा पर्ने भएको छ ।
विश्वकप हेर्दा होहल्ला गरे कारबाही गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार विश्वकपसम्बन्धि सूचना जारी गरी यस्तो निर्देशन दिएको हो।

सूचनामा छिमेकीलाई बाधा पुग्ने गरी होहल्ला गर्न नपाइने, प्रबेशशुल्क लिएर विश्वकप देखाउन नपाइने, सार्वजनिक स्थानमा मदिरा पिएर विश्वकप हेर्न नपाइने, बाजी राख्न नपाइने लगायत छन् ।
विश्वकपका नामम हुन सक्ने अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न र शान्ति सुरक्षा बलियो राख्न यस्ता नियम लागू गरिएको काठमाडौंका सहायक प्रजिअ बासुदेव घिमिरेले बताएका छन् ।
यस अघि विश्वकप हेर्ने नाममा विभिन्न अपराधीक गतिविधि समेत हुने गरेको दृष्टान्तहरु छन् ।

Related News

फ्रान्स विश्वकप विजेता, क्रोयशीयाका लुका सर्वोत्कृष्ट, कुन खेलाडिले के पाए ?

काठमाडौं, ३२ असार । रसीयामा जारी २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । आइतबार समापन भएको विश्वकपको उपाधि…

बेल्जीयम बन्यो तेश्रो, उपाधीका लागि फ्रान्स र क्रोयशिया भिड्दै, नेपाली दर्शक क्रोयशियाको पक्षमा

काठमाडौं, ३१ असार रुसमा जारी विश्वकपको फाइनल खेल आज हुँदैछ । फाइनलमा उपाधिका लागि फ्रान्स र क्रोयशीया भिड्दैछन् । नेपाली…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी