अत्याधिक वर्षाले भारतमा दुई दिनमा कम्तीमा ७९ जनाको मृत्यु

96 Hits

नयाँदिल्ली-

भारतका विभिन्न ठाउँमा अत्याधिक वर्षाका कारण विगत दुई दिनमा कम्तीमा ७९ जनाको मृत्यु भएको छ।

मृत्यु भएकामध्ये १६ जनाको भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएको सरकारी अधिकारीहरूले सोमबार जानकारी दिएका छन्।

‘भारी वर्षाका कारण गत दुई दिनमा यस राज्यका विभिन्न ठाँउमा भएका घटनाहरूमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ’, राज्यका एक मन्त्री इ चन्द्रशेखरनले प्रदेश सभामा गरेको सम्बोधनमा बताए।

उनले आंशिक र पूर्ण गरी कुल १२ सय भन्दा बढी घरहरूमा क्षति पुगेको पनि जानकारी दिए। घटनामा परी ज्यान गुमाएकाहरुको परिवारलाई चार लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने घोषणा पनि मन्त्रीले गरे।

भारी वर्षाबाट प्रभावित र पीडित हुनेमा केरलासहित केही अन्य राज्य पनि पीडित भएका छन्।

भारतको उत्तर प्रदेशमा बर्षाका कारण भएका घटनाहरूमा परी कुल २६ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्। त्यसैगरी छिमेकी राज्य विहारमा पनि गत साता २७ जनाको मृत्यु भएको बताइएको छ। -(रासस/सिन्ह्वा)

Related News

भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको ९३ वर्षको उमेरमा निधन

काठमाडौं, ३१ साउन । भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा अाज निधन भएको छ। उनी सन् १९९६,…

भारतले मनायो स्वतन्त्रता दिवस, लाल किल्लामा प्रधानमन्त्री माोदीले दिए यस्तोे भाषण

काठमाडौं, ३० साउन भारतले आफ्नो ७२औं स्वतन्त्रता दिवस भव्य रुपमा मनाएकाे छ। साे अवसरमा छिमेकी देश भारतले नेपाललाई ३० वटा…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी