गृहजिल्लामा गरे आपूर्ती मन्त्री यादवले यस्तो एक्सन, डिपो प्रमूखसहित ३ पक्राउ

914 Hits

जनकपुर, २८ जेठ
उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले आफ्नै गृह जिल्ला धनुषामा पहिलो पटक एक्सन लिएका छन् । पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गरेको आरोपमा नेपाल आयल निगमका डिपोका प्रमुख सहित तीन जनालाई मनत्री यादवले ठाडो निर्देशनमार्फत गिरफ्तार गर्न लगाएका छन् ।

धनुषाको महेन्द्रनगर डिपोका प्रमुख इञ्जिनियर मोहनकुमार साह, पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष विष्णुदेव साह र ट्याकर व्यवसायी संघका अध्यक्ष किसुनदेव साहलाई सो अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवको निर्देशनमा उनीहरुलाई पक्राउ गरिएको मन्त्रीको सचिवालयले मूलखबरलाई जानकारी दिएको छ ।

उनीहरुले बजारमा पेट्रोलियम कृत्रिम अभाव सिर्जना गरेको सूचना पाएपछि मन्त्री यादवले पक्राउ गर्न निर्देशन दिएका थिए।
पेट्रोलियम पदार्थको कृतिम अभाव सिर्जना गरेर कालाबजारी गर्नु राज्यलाई कमजोर बनाउने र जनतासँग अन्तरविरोध बढाउने अपराध भएकाले पक्राउ गर्न निर्देशन दिइएको हो श्रोतले भन्यो जसले गरे पनि यस्ता कूकर्म गर्नेलाई छाडिन्न ।
धनुषाको महेन्द्रनगरस्थित डिपोबाट धनुषा, महोत्तरी तथा सिन्धुलीसहितका तीन जिल्लाहरुमा २ लाख ५० हजार लिटर डिजल तथा १ लाख लिटर पेट्रोल दैनिक रुपमा बिक्री वितरण हुँदै आएको छ ।

नेपाल आयल निगम धनुषाको महेन्द्रनगरमा रहेको डीपोबाट तीन दिनदेखि पेट्रोलियम पदार्थको बिलिङ भएको छैन भने दुवानी नहुँदा यस क्षेत्रमा पेट्रोलियम पदार्थको पुर्णरुपमा अभाव सिर्जना भएको छ ।

पेट्रोलियम पदार्थको अभाव हुँदा उपभोक्ताहरुले कालोबजारीसँग दुई गुण मूल्य तिरेर पेट्रोलियम पदार्थ किनेर उपभोग गरिरहेका छन् ।

Loading...

Related News

साल्ट ट्रेडिंगले मनायो ५६ औं वार्षिकोत्सव, उदेश्य पुरा भएको छ- मन्त्री यादव

काठमाडौं, २७ भदौ । उद्योग वाणीज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादवले साल्ट ट्रेडिंग कपोरेशनले आफ्नो उदेश्य पुरा गरेको प्रतिक्रिया…

हेटौंडा कपडा उद्योग पुनः चलाउने तयारी

काठमाडौं, २२ साउन । सरकारले हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न सकिने निश्कर्ष निकालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी