कहाँ पुग्यो काँग्रेसको कारबाही नाटक ?

44 Hits

काठमाडौंँ, जेठ २८ गते ।
स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई हराउन लागेकाहरुलाई अनुशासनको कारबाही गर्न भन्दै ६५ जिल्लाबाट परेका उजुरी र कारबाहीका लागि गरिएका सिफारिसका कागजपत्र केन्द्रीय कार्यालयमा अलपत्र अवस्थामा छन् । तीनवटै निर्वाचनमा काँग्रेसका उम्मेदवार हराउन लागेकाहरूलाई कारबाही गर्न ६५ जिल्लाबाट व्यक्तिगत र संस्थागतरूपमा उजुरी परेका थिए ।


पार्टी सभापति शेरबहादुर देउवाले नेता रमेश रिजालको संयोजकत्वमा गठन गर्नुभएको अनुशासन समितिले सुरुमा राम्रै गति लिए पनि पछिल्लो समय संयोजक रिजालले राजिनामा दिनुभएपछि कारबाही प्रक्रिया अलपत्र छ ।

पार्टीका उम्मेदवारलाई हराउन खुलेर लागेकालाई कारबाहीको माग गर्दै गाउँपालिका, नगरपालिका, प्रदेशसभा र प्रतिनिधिसभाका पराजित उम्मेदवारहरू स्वयंले लिखितरूपमा नाम किटान गरेर उजुरी दर्ता गराएका छन् ।
त्यति मात्र होइन पार्टीको गाउँ, नगर, निर्वाचन क्षेत्र, जिल्ला समितिले निर्णय गरेर र जिल्लाको अनुशासन समितिको सिफारिससहित आएका उजुरीहरूमाथि समेत कुनै कारबाही भएको छैन ।
कारबाहीका लागि जिल्लाबाट सिफारिस भएकामा पूर्व मन्त्री, पूर्व सांसददेखि जिल्लास्तरीय नेतासम्म छन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न आमोदप्रसाद उपाध्यायको संयोजकत्वमा गठन गरिएको अनुशासन समितिले २८३ जनालाई कारबाही गरेको थियो । अहिले स्थानीय तहको पहिलो चरणको निर्वाचन भएको एक वर्ष बितिसक्दा पनि अन्तर्घातको आरोप लागेकाहरू नेताहरूकै वरिपरि दैडिरहेका गुनासो कतिपय नेताको छ ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी