विश्वकपको समूहचरणमा यी पाँच खेलमा हुनेछ ठूलो घमासान

101 Hits

बिहीबारबाट सुरु हुने रुस विश्वकपको समूह चरणमा ४८ खेलहरु हुँदैछन। समूह चरणका खेलहरु जुन १४ देखि सुरु भएर जुन २८ सम्म चल्नेछन।


समूहचरणमा सर्बाधिक घम्साघम्सी हुने पाँच खेलहरु यस्ता छन्:

इजिप्ट भर्सेस उरुग्वे(जुन १५)

नेपाली समयानुसार बेलुका ५:४५ बजे (एकाटरिनबर्ग, सेन्ट्रल रंगशाला)

उरुग्वेले दक्षिण अमेरिकन छनौटमा दोस्रो हुँदै विश्वकपमा स्थान बनाएको थियो। यो विश्वकपको छनौटको सबैभन्दा प्रतिस्पर्धा भएको समूह पनि हो। यस समूहबाट ब्राजिलले शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान बनाएको हो। उरुग्वेले विश्वकप सुरु भएको दोस्रो दिन नै स्टार खेलाडी मोहम्मद सलाहको टोली इजिप्टको सामना गर्दैछ। इजिप्टले २८ वर्षपछि विश्वकपमा स्थान बनाएको हो। उनीहरुबीचको टक्कर धेरैको नजरमा हुनेछ।

पोर्चुगल भर्सेस स्पेन (जुन १५)

नेपाली समयानुसार राति ११:४५ बजे (फिस्ट ओलम्पिक रंगशाला)

विश्वका दुर्इ सुपरस्टार मध्ये एक क्रिस्टियानो रोनाल्डो पोर्चुगलको टोलीमा छन। यस्तै पोर्चुगल युरोपियन च्याम्पियन(२०१६)का हैसियतले विश्वकपमा सहभागिता जनाउन लागेको हो। पोर्चुगलले पनि विश्वकपको दोस्रो दिन २०१० काे विश्वकप च्याम्पियन स्पेनको सामना गर्दैछ। नयाँ अनुहारहरुका साथ मैदान उत्रिरहेको स्पेनले मार्चमा मात्रै अर्जेन्टिनालार्इ ६-१ले हराएको थियो। तर, उक्त खेलमा लियोनल मेस्सी खेलेका थिएनन। यस खेलमा जित हात पार्ने टोलीको अघिल्लो चरणमा पुग्ने सम्भावना लगभग पक्का हुनेछ भने पराजित टोलीलार्इ अन्य दुर्इ खेल जित्नैपर्ने दबाब अाइपर्नेछ।

अर्जेन्टिना भर्सेस अाइसल्याण्ड (जुन १६)

नेपाली समयानुसार बेलुका ६:४५ बजे (स्पार्टक रंगशाला)

यी दुर्इ देशहरु भिन्न भिन्न अपेक्षाका साथ विश्वकपमा सहभागी भएका हुन। लियोनल मेस्सीले सबै उपाधिहरु जितिसक्दा पनि विश्वकप उपाधि जित्न सकेका छैनन। अर्जेन्टिनाको अपेक्षा उपाधि हुनेछ। ३३ लाखमात्रै जनसंख्या भएको टापु मुलुक अाइसल्याण्ड पहिलोपटक विश्वकपमा छनोट भएको हो। उसले विश्वकपमा प्रभावशाली नतिजाको अपेक्षा राखेको छ।

जर्मनी भर्सेस मेक्सिको (जुन १७)

नेपाली समयानुसार राति ८:४५ बजे (लुजनिकी रंगशाला)

मेक्सिकाले अहिलेको अाफ्नो फुटबल टोलीलार्इ सुनौलो पुस्ता भनेको छ। तर, विश्वकप विजेता जर्मनीका लागि भने हरेक पुस्ता सुनौलो पुस्ता सरह देखिएको छ। उनीहरुबीचको घमासान सर्बाधिक हेरिने खेलमा पर्नेछन्। यस खेलको विजेता ग्रुप एफको विजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना पनि उत्तिकै छ।

ब्राजिल भर्सेस कोस्टारिका (जुन २२)

नेपाली समयानुसार बेलुका ५:४५ बजे (क्रेस्टोभस्की रंगशाला)
 
टिटेको प्रशिक्षणमा रहेको ब्राजिल विश्वकपमा छनोट हुने पहिलो टोली तथा उपाधि दाबेदार टोली हो। अघिल्लो विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको कोस्टारिकाले ब्राजिललार्इ ठूलै चुनौती दिने विश्वास गरिएको छ। स्टार खेलाडीहरु उत्रने भएकाले ब्राजिलको खेल धेरै दर्शकको पर्खार्इको खेलपनि हो।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*