प्रमाणपत्र धितोमा राखी ऋण दिने कार्यक्रम गुल्मीबाट शुरु

98 Hits

गुल्मी । सरकारले घोषणा गरेको शैक्षिक प्रमाणपत्र धितोमा राखेर युवाहरुलाई ऋण दिने कार्यक्रम गुल्मीमा कार्यान्वयन हुन थालेको छ ।      जिल्ला युवा समितिको कार्यालय गुल्मीले जिल्लाका तीन वटा युवा समूहलाई प्रति समूह पाँच लाखका दरले ऋण दिएको हो ।

इन्द्रेणी बहुउद्देश्यीय युवा कृषक समूह छत्रकोट गाउँपालिका १, सालिमे उन्नत पशुपालन तथा दुग्ध उत्पादन समुह मुसिकोट नगरपालिका ७ र उर्लेनी बहुउद्देश्यीय युवा कृषक समुह कालिगण्डकी गाउँपालिका ६ ले ऋण पाएका हुन् ।

कार्यक्रममा समूहका अध्यक्षलाई जिल्ला युवा समिति गुल्मीका अध्यक्ष र जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले चेक र व्यानर प्रदान गरेका थिए ।

प्रमाणपत्र धितो रकम हस्तातरण गर्दै समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले सरकारको पैसा भनेर केही नगरी अन्यत्र खर्च नगर्न आग्रह गरे । ‘युवाले केही गर्नुपर्छ भनेर सरकारले ऋण उपलब्ध गराएको हो,’ उनले भने, त्यसको सहि सदुपयोग गरेर समृद्धि देख्न पाइयोस् ।’

ऋण लैजाने समूहहरुले व्यावसायिक गाई पालन गर्ने, बंगुर पालन गर्ने र कुखुरा र तरकारी खेती गर्न सक्ने युवा समितिका अध्यक्ष राजेन्द्र बिक्रम कुवंरले बताए ।

स्रोत- खबर डबली

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी