कार्यसञ्चालन नियमावली पारित

38 Hits

काठमाडौंँ, जेठ २८ गते ।

राष्ट्रिय सभा कार्यसञ्चालन नियमावली, २०७५ सर्वसम्मत पारित भएको छ । राष्ट्रियसभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रतिवेदन नै नियमावलीको रुपमा पारित भएको हो ।


पारित नियमावली अनुसार राष्ट्रियसभामा चार विषयगत समिति छन् । जसमा दिगो विकास, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् ।राष्ट्रिय सभा बैठकमा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले परिमार्जित मस्यौदाको प्रतिवेदन पेश गर्नुभएको थियो ।
नियमावली पारित गर्नु अघि राष्ट्रियसभाका सदस्यहरू नेपाल कम्युनिष्ट पार्टी(ने क पा)का दीनानाथ शर्मा, डा. बिमला राई, काँग्रेसका सुरेन्द्रराज पाण्डे, राजपाका वृशेषचन्द्र लाल, संघीय समाजवादी फोरम नेपालकी प्रमिला कुमारीवीच भएको छलफलले नियमावली पारितका लागि सहमति जुटाएको थियो ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी