आउलान त पर्यटक ?

130 Hits

????????????????????????????????????

विराटनगर, जेठ २८  ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्र्याइने बताउनुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज यहाँ आयोजित वायु सेवा कम्पनीहरुको सेवा प्रवाह एवं विमानस्थलका लागि भावी योजना विषयक अन्तक्र्रिया कार्यकममा उहाँले प्रदेशमा रहेका धार्मिकस्थल र हिमाली क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गरी छिमेकी राष्ट्रका पर्यटकलाई आकर्षित गर्ने बताउनुभयो ।

मुख्यमन्त्री राईले विराटनगर विमानस्थललाई प्रादेशिकरुपमा विस्तार गरी छिमेकी देशमा हवाई उडान गरी छिमेकी देशका पर्यटकलाई यहाँ ल्याउने लक्ष्यका साथ सरकारले कार्य गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले प्रदेश मन्त्रिपरिषद् बैठकबाट विराटनगर विमानस्थलको रनवे तीन हजार मिटर पु¥याउने निर्णय गर्नेे जानकारी दिँदै आगामी छ महिनाभित्र विमानस्थलको विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण र अन्य समस्या समाधान गर्ने बताउनुभयो ।

अन्तक्रियामा विराटनगर विमानस्थलको रनवे तीन हजार मिटर पु¥याउने मास्टर प्लान निर्माण गर्ने, कञ्चनबारीदेखि विमानस्थलसम्म स्मार्ट रोड बनाउने, विराटनगरबाट माउण्टेन उडान गर्ने, लुक्लाको लागि उडान गर्ने, यस क्षेत्रवाट भारतको पटना, दिल्ली, मुम्बइ हवाई उडान सञ्चालन गर्ने, नेपाल एयरलाइन्सको उडान कम भएकाले उडान थप गर्ने, विमानस्थलमा सिआइपी रुमको निर्माण गर्ने आदि निर्णय गरिएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी