राष्ट्रसंघीय राजनीतिक कार्यालय बन्द

83 Hits

सरकारले संयुक्त राष्ट्रसंघको नेपालस्थित राजनीतिक मामिलासम्बन्धी कार्यालय (डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स) बन्द गर्ने निर्णय गरेको छ ।

सरकारको अनुमतिबिना सञ्चालन भइरहेको उक्त कार्यालयको उपादेयता नरहेको भन्दै बन्द गर्ने निर्णय गरिएको हो । छोटकरीमा ‘युएनडिपिए’ भनिने उक्त कार्यालय बन्द गर्न सरकारले राष्ट्रसंघलाई पत्र पठाइसकेको छ । युएनडिपिए नेपालस्थित राष्ट्रसंघीय आवासीय संयोजकको कार्यालयअन्तर्गत सञ्चालन हुँदै आएको छ।

‘सरकारले संयुक्त राष्ट्रसंघले नेपालको शान्तिप्रक्रियामा पु¥याएको योगदानको सराहना गर्दै राष्ट्रसघंको नेपालस्थित युएनडिपिएको कार्यालय बन्द गर्ने निर्णय गरेको छ । सरकारको निर्णयबारे राष्ट्रसंघलाई पत्र पठाइसकिएको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले नागरिकसँग भने, ‘नेपालको शान्ति प्रक्रिया टुंगिसकेको र नयाँ संविधानअनुसार सबै तहका निर्वाचन सम्पन्न भई देश शान्ति र स्थिरतातर्फ अघि बढेकाले अब उक्त कार्यालय आवश्यक नरहेको ठहर गर्दै सरकारले बन्द गर्ने निर्णय लिएको हो ।’, यो खबर  नागरिक दैनिकमा छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी