अपहरणपछि बालकको हत्या

38 Hits

रौतहट जेठ २८।

     रौतहटमा कटहरिया नगरपालिका–९, डुुमरियाका स्वास्थ्यकर्मी अहेव दिलीप साहका १२ वर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणपछि हत्या भएको छ ।

बालकको घरदेखि झन्डै ३० किलोमिटर पूर्व गढीमाई नगरपालिका वडा ३ र ५ वाग्मती नदी किनारको बगरमा उनको शव भेटिएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी गराएको छ ।

अपहरण तथा हत्या आरोपमा प्रहरीले पाँच जना स्थानीयलाई पक्राउ गरिसकेको छ। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक रामकुमार दानीले जानकारी दिए। पक्राउ परेकाकाहरूको बयानका आधारमा बालकको शव पत्ता लगाइएको उनले बताए।

हत्याको कारण भने खुुल्न सकेको छैन। घटनाबारे अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। परीक्षणका लागि शव जिल्ला अस्पताल गौर पठाइएको छ।

 

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी