शोधनान्तर घाटा १९ अर्ब

56 Hits

जेठ २८।

चालू आर्थिक वर्षको वैशाखसम्ममा शोधनान्तर घाटा १८ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको १० महिनामा आयात उच्च भएकाले सोधनान्तर अवस्था घाटामा देखिएको हो ।


गत आर्थिक वर्षको १० महिनामा चालू खाता ७ अर्ब ५७ करोडले घाटामा रहेकोमा चालू आवको सोही अवधीमा १९१ अर्ब २ करोड घाटामा पुगेको छ । चालू आवको सो अवधिमा आयात उल्लेख्य रहेकाले चालू खातामा उच्च घाटा भएको केन्द्रीय बैंकले जनाएको छ । गत आवको १० महिनामा ५३ अर्ब ८१ करोडले बचतमा रहेको समग्र शोधनान्तर चालू आवमा सो अवधिमा १८ अर्ब ९३ करोडले घाटामा रहेको हो । समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह १५ अर्ब ५१ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो लगानी ११ अर्ब ६१ करोड रहेको थियो ।
चालू आवको १० महिनामा विप्रेषण आप्रवाह ७ प्रतिशतले वृद्धि भई २०७५ वैशाखसम्ममा ६०६ अर्ब ६८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.२ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आप्रवाहमा भने ०.१ प्रतिशतले कमी आई ६९२ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १०.३ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या चालू आवको वैशाखसम्मा ६ प्रतिशतले घटेको छ ।
केही उपभोग्य वस्तुको मूल्यमा आएको गिरावटका कारण २०७४ फागुनमा ६ प्रतिशत पुगेको उपभोक्ता मुद्रास्फीति २०७५ वैशाखमा घटेर ४.१ प्रतिशत पुगेको छ । २०७४ वैशाखमा यस्तो मुद्रास्फीति ३.४ प्रतिशत थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तथा नेपाली मुद्राको अमेरिकी डलरसँगको विनिमय दरले मुद्रास्फीतिको परिदृश्य प्रभाव पार्ने केन्द्रीय बैंकले जनाएको छ ।
वित्तीय क्षेत्रतर्फ वार्षिक बिन्दुगत आधारमा १० महिनासम्ममा कर्जा प्रवाहको वृद्धिदर १९.६ प्रतिशत र निक्षेप परिचालनको वृद्धिदर १६ प्रतिशत छ । यो तथ्यांकलाई हर्दा निक्षेपभन्दा कर्जा धेरै भएको अवस्था छ । कर्जा र निक्षेपबीचको असन्तुलनले कर्जाको ब्याजमा चाप पारिरहेको छ । तथापि, २०७५ वैशाखमा निक्षेपको भारित औसत ब्याजदर ६.६ प्रतिशत रहेबाट यसले कर्जाको ब्याजलाई अंकुशित गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
चालू आवको वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.१ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप ९.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १६.० प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।
वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १८.१ प्रतिशतले बढेको छ ।
गत आवको सोही अवधिमा यस्तो कर्जा १६.६ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १८.३ प्रतिशत, विकास बैंकहरुको १८.२ प्रतिशत र वित्त कम्पनीहरुको ११.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७५ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १९.८ प्रतिशतले बढेको छ ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी