अत्यधिक गर्मीका कारण महोत्तरीमा महिलाको मृत्यु

48 Hits
महोत्तरी, जेठ २७
   महोत्तरीको गौशालामा अत्यधिक गर्मीका कारण एकजना महिलाको मृत्यु भएको छ।

गौशाला नगरपालिका – ८ मा खेतमा धान रोप्ने क्रममा अत्यधिक गर्मीका कारण बेहोस भइ स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदाको मृत्यु भएको छ।

आज बिहान धान रोप्ने क्रममा बेहोस भएकी सदाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

शव परीक्षणका लागि जलेश्वर पठाइएको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिए।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*