राष्ट्रियसभा नियमावली-२०७५ पारित, फौजदारी अभियोग लागेका सांसदको सेवा, सुविधा कटौति हुने

154 Hits

काठमाडौं ।

राष्ट्रियसभा नियमावली, २०७५ आईतबार पारित भएको छ । राष्ट्रियसभाको आईतबार बसेको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले सो नियमावली पारित गरियोस् भनि प्रस्ताव राखेका थिए । सो प्रस्ताव राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ पेश गरेलगत्तै सर्वसम्मतिले पारित गरिएको हो ।

फौजदारी अभियोग लागेर पुर्पक्षका लागि थुनामा रहेका सांसदहरुलाई निलम्बन नगर्ने पक्षमा सबै दलको सहमति भएपछि नियमावली सर्वसम्मतिले पारित भएको हो । नियमावलीमा फौजदारी अभियोग लागेका सांसदहरुको सेवा, सुविधा भने कटौति हुने स्पष्ट पारिएको छ ।

नियमावलीमा फौजदारी अभियोग लागेर पुर्पक्षका लागि थुनामा रहेका सांसदहरुलाई संघीय कानुन बनाएर कार्वाही गर्ने व्यवस्था गरिएको नियमावली मस्यौदा समितिका सभापति गुरुङले बताउ ।

उनले फौजदारी अभियोग लागेका सांसदहरुलाई कार्वाही गर्ने व्यवस्था कानुनमै उल्लेख गर्न उपयुक्त हुने कुरामा संसदमा सहमति जुटेको पनि स्पष्ट पारे ।

नियमावलीमा ४ वटा समिति रहने व्यवस्था गरिएको छ । संसदमा सरकारलाई जवाफदेही बनाउन प्रधानमन्त्री र मन्त्रीहरुले अनिवार्य जवाफ दिने बाध्यात्मक व्यवस्था पनि गरिएको छ । नियमावलीमा समितिको नेतृत्वमा ३३ प्रतिशत महिला अनिवार्य रहने व्यवस्था पनि गरिएको छ ।

 

Related News

राष्ट्रिय सभाका सांसदहरु कसको आयु कति वर्ष ? हेर्नुहोस विवरण

काठमाडौं, ४ असार । राष्ट्रिय सभाका सांसदहरुको आयु गोलाप्रथा द्धारा किटान गरिएको छ । गोला प्रथाद्धारा राष्ट्रिय सभाका साँसदको समयावधि…

३२ सदस्यका लागि राष्ट्रिय सभाको निर्वाचजन आज, प्रदेश नं २ मा सबै निर्विरोध

काठमाडौँ, २४ माघ । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी