जन्मघरको पिँढीमा बसेर सिस्नेधाराको पानी खाएर फर्के डा उपेन्द्र देबकोटा, के सिक्ने उपेन्द्रबाट ?

375 Hits

वरिष्ठ न्यूरोसर्जन प्रा. डा. उपेन्द्र देवकोटालाई आज उनको जन्मस्थल गोरखा आँपपिपलस्थित बाहुनडाँडा लगेर पुनः काठमाडौँ ल्याइएको छ ।

पित्तनलीको क्यान्सरका कारण गम्भीर अवस्थामा रहेका डा देवकोटाको इच्छाबमोजिम दिउँसो गोरखा जन्मघर पु-याई सिस्नेधाराको पानी खुवाएर एक घण्टा राखेपछि पुनः काठमाडौँ ल्याई बाँसबारीस्थित न्यूरो अस्पतालको सघन कक्षमा राखिएको छ ।

डा देवकोटालाई हेलिकोप्टरमा सबै मेडिकल उपकरणको व्यवस्था गरेर गोरखा लगिएको थियो । उनीसँगै गोरखा गएका मेडिसिटी अस्पतालका इमर्जेन्सी विशेषज्ञ डा सञ्जय कार्कीका अनुसार घर नजिकै हेलिकोप्टर अवतरण गरी विशेष खालको म्याट्रेसमा राखेर ३५ मिनेट बोकेर बाहुनडाँडास्थित घर पु-याइएको थियो ।

उहाँले भन्नुभयो, “डा देवकोटालाई घरतर्फ लैजाँदै गर्दा आफूले पढेको लुर्इँटेल स्कुल पनि हातको इशाराले देखाएका थिए, त्यहाँ पुगेपछि उहाँमा छुट्टै खालको खुशी, उत्साह देखिन्थ्यो, चार/पाँचसयको संख्यामा मानिस उहाँलाई हेर्न जम्मा भएका थिए ।”

डा देवकोटाले आफूलाई भेट्न आएका बृद्धबृद्धालाई हात दिएर तथा बच्चाको टाउकामा हात राखेर खुसी व्यक्त गर्नुभएको थियो । जन्मस्थान पुगेपछि डा देवकोटाले आफ्नो वरिपरि रहेकालाई हेरेर ‘आइ फिल भेरी ह्याप्पी’ र ‘आइ फिल एमेज्ड’ (म अत्यन्त खुशी छु) भन्दै खुसी व्यक्त गर्नुभएको डा कार्कीले बताए ।

रासससँग कुरा गर्दै डा कार्कीले भने, “गोरखा जाने इच्छा व्यक्त गर्नुभएको थियो, अस्ति नै गोरखा लाने तयारी गरिएको थियो, तर स्वास्थ्य समस्या देखिएपछि सम्भव भएन, आज राम्रो अवस्था भयो, त्यसैले काठमाडौँबाटै सम्पूर्ण तयारी गरी मेडिकल टिमसहित उहाँको इच्छा अनुसार जन्मघर लगेर ल्यायौँ ।”

डा देवकोटालाई लिएर जाँदा दुई हेलिकोप्टर गोरखा गएका थिए । उनीसँग न्यूरो अस्पतालमा उहाँको उपचारमा खटिएका एनेस्थेसियाका चिकित्सक डा मायुस मुनाकर्मी, मेडिसिटी अस्पतालमा कार्यरत एभिएसन तालीम प्राप्त इमरजेन्सी विशेषज्ञ डा कार्की, मेडिसिटीकै प्यारामेडिक्स रमेश न्यौपाने, डा देवकोटाकी श्रीमती मधु दीक्षित, उनका छोरी र एक आफन्त गोरखा गएका थिए।

जन्मस्थानमा पुगेर फर्केपछि डा देवकोटामा आत्मबल बढेको महसुस आफूले गरेको बताउँदै डा कार्कीले उनको स्थिति गम्भीर भएपनि आत्मबल भने उच्च रहेको बताए ।

जन्मघरमा करीब एक घण्टा बसेपछि डा देवकोटालाई पुनः काठमाडौंस्थित न्यूरो अस्पतालको आइसियुमा राखेर उपचारमा निरन्तरता दिइएको छ । उनको स्वास्थ्यस्थितिलाई लिएर शुक्रबार र शनिबार बिहानसम्म विभिन्न अफवाह फैलिएपछि अस्पतालले विज्ञप्ति निकालेर डा देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको पुष्टि गर्दै हल्लाको पछाडि नलाग्न अनुरोध गरेको थियो ।

विदेशमै बसेर नेपाल र नेपालीलाई धिक्कार्ने र गाली गर्ने प्रवृत्तिलाई काउण्टर दिँदै नेपालमै बसेर नेपालीको सेवा गर्ने डाक्टर बनेका डा. उपेन्द्र जिवनको अन्तिम कालखण्डमा स्वेदशमै रहने र त्यो पनि आफ्नो जन्मघर गोरखाको पिँढी र सिस्नेधाराको पानीको स्पर्शमा खुसी फर्काउन खोज्ने उपेन्द्रको जति प्रशंसा गरे पनि कमै हुन्छ ।

Related News

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन, नेपाल र नेपालीलाई अपुरणीय क्षती

काठमाडाै, ४ असार । नेपालका वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । अत्यन्त चर्चित नेपाली डाक्टर…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी