शिल्पा र अनुपको एक्सन लभ स्टोरीमा ‘वीराङ्गना’, पोस्टरमा देखियो बाँदर र घोडा पनि

76 Hits

एक्सन लभ स्टोरी जनराको चलचित्र  ‘वीराङ्गना’ को पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा कलाकारहरु अनुप विक्रम शाही, शिल्पा पोखरेल र पृथ्वी राज प्रसाईलाई प्रस्तुत गरिएको छ । पोष्टरमा शिल्पा पोखरेललाई एक्शन लुक्समा घोडा र बाँदरसँगै  प्रस्तुत गरिएको छ । राजबहादुर सानेले निर्देशन गरेको चलचित्र नारी प्रधान रहेको बताइएको छ ।

चलचित्रमा शिल्पा, अनुप र पृथ्वी सँगै धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । असार २९ गतेबाट रिलिज हुन लागेको चलचित्रमा  बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता हुन् भने सुमि चाम्लिङ राइ यसका सह–निर्माता रहेकी छिन् ।

 

पछिल्लो समय नेपाली चलचित्र जनावरको प्रयोग कम हुदै गर्दा चलचित्रको पोष्टरमा बाँदर र घोडालाई  देखाइएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार बाँदर र घोडा भाडामा लिएर सुटिङ गर्दा र उनीहरुको खानेकुराका लागि मात्र १७ लाख खर्च भएको छ ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी