ओखलढुंगाको विभिन्न स्थानमा नेता बालकृष्ण ढुंगेलको अभिनन्दन हुदै

901 Hits

२४ जेठ, ओखलढुंगा-
पूर्व सांसद तथा नेकपाका नेता बालकृष्ण ढुंगलेलाई ओखलढुंगा सदरमुकाममा स्वागत साथै सम्मान गरिएको छ ।

ओखलढुंगा स्थित वामपन्थी युवा मञ्चले आयोजना गरेको बिशेष कार्यक्रममा ढुंगेललाई समान गरिएको हो । २०६४ सालमा ओखलढुंगा क्षेत्र नम्बर २ बाट संबिधान सभामा निर्वाचित भएपछि जिल्लाको विकास र रुपान्तरणका लागि ढुंगेलले गरेको बिशेष योगदानलाई जिल्लाबासीले अझै भुलेका छैनन्।

अनिकाल मुक्त चुलो बनाउने अभियानको परिकल्पना गरिरहेका ढुंगेलले कोही पनि भोकै मर्न नपरोस् भन्ने आफ्नो लक्ष्यरहेको बताएका छन् । जिल्ला सदरमुकामको सम्मान कार्यक्रममा बोल्दै उनले स्वार्थ त्यागेर हुनेखानेहरुले हुँदाखानेहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिए । स्थानीय उत्पादन र प्रवद्र्धनमा जोड दिने कार्यक्रम ल्याउन स्थानीय सरकारलाई ढुंगेलले आग्रह समेत गरेका छन् । ओखलढुंगा जिल्लाको समृद्धिका लागि ओखलढुंगाकै नागरिक र सरोकारवाला चनाखो बन्नुपर्ने उनको भनाई छ । ‘कुरा काटेर बस्ने गाउँले चलनलाई अन्त्य गर्दै हाम्रो जिल्लाको समृद्धिका लागि हामीले नै कदम चाल्नुपर्छ’ उनले भने ‘हाम्रो समृद्धिका लागि केपी ओली,प्रचण्ड,कमल थापा र शेरबहादुरहरुले केही गर्दैनन्,हामीले नै गर्ने हो ।’ स्थानीय कै लगानीमा विद्युत उत्पादन सहितका दिर्घकालीन कार्यक्रमहरु ल्याउन आफुले पहल गर्ने प्रतिवद्धता समेत जनाए ।

अदालतले उज्जन श्रेष्ठको हत्या आरोपमा जन्मकैदको सजाय तोकेपछि जेल जीवन विताईरहेका ढुंगेललाई सरकारले गणनन्त्र दिवसको अवसर पारेर जेठ १५ गते रिहाई गरेको थियो । ढुंगेलले वर्तमान सरकारले आफुलाई न्याय गरेको नभई थप अन्याय भने नगरेको प्रक्रिया दिए । ‘बाम एकता पछि म रिहाई भएँ तर यो सरकारले मलाई न्याय दिएको होईन् म प्रति थप अन्याय नगरेको चाँही हो ।’ उनले भने ।

जेलमुक्त भएपछि पहिलो पटक गृह जिल्ला पुगेका बालकृष्ण ढुंगेललाई ओखलढुंगामा भव्य स्वागत र सम्मानका कार्यक्रमहरु भईरहेका छन् । ओखल ढुंगाको कटुञ्जे,फुलबारी, गामनाङ्गटार, पोकली लगाएतका स्थानमा नागरिक सम्मान गरिने बताईएको छ ।

भिजन एफएमको सहयोगमा लिला श्रेष्ठ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी