बझाङमा जिप दुर्घटना मृत्यु हुनेको संख्या तीन

126 Hits

बझाङ । बुधबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । उक्त दुर्घटनामा छविसपाथीभरा गााउँपालिका–४ डाँडागाउँका ४५ वर्षीय वीरेन्द्रबहादुर सिंह र उहाँकी श्रीमती ३८ वर्षीया जलादेवीको घटनास्थलमा नै मृत्यु भएको थियो । उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा जिप चालक केदारस्युँ गाउँपालिका–१ का ३५ वर्षीय लालबहादुर भण्डारीको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


घाइतेमध्ये छविसपाथिभरा गाउँपालिका–५ का ४५ वर्षीय सोभान धामी र ३ का ३१ वर्षीया गणेश नेपालीको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको । उनीहरुको थप उपचारका लागि नेपालगञ्जस्थित कोहलपुर अस्पतालमा पठाइएको र अन्य घाइते मृतक वीरेन्द्र सिंहका दुई वर्षय छोरा भूपेन्द्र सिंह, छविसपाथीभेरा–३ की २७ वर्षीया पशुपती नेपाली र गणेश नेपालीकी सात महिनाकी छोेरी मुस्कान नेपालीको उपचार जिल्ला अस्पतालमै भइरहेको प्रहरीले जनाएको छ ।
बुधबार बेलुका भाँडे बजारबाट ब्यासीतर्फ जाँदै गरेको से१ज ८३७ नंको जिप छविस पाथीभेरा गाउँपालिका–४ को भेटाखानमा दुर्घटना भएको थियोे । दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । जिप चालकको समेत मृत्यु भइसकेको र अन्य प्रत्यक्षदर्शीसँग अहिले सोधपुछ गर्ने वातावरण नभएका कारण अनुसन्धानमा समेत समस्या भएको बताइएको छ । रासस

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी