आयल निगमका विवादास्पद कार्यकारी निर्देशक गाेपाल खड्काले दिए राजिनामा

96 Hits

२४ जेठ, काठमाडौं ।
नेपाल आयल निगमका विवादास्पद कार्यकारी निर्देशक गोपाल खड्काले पदबाट राजीनामा दिएका छन्।

नेपाल आयल निगमको जग्गा खरिद गर्दा करिब ७५ करोड रुपैयाँ भ्रष्टाचार भएको भनेर विवादित बनेका उनले बिहीबार राजिनामाको घोषणा गरेका हुन्। ‘मिडियाकाे गलत प्रचारबाजीले पद छाेड्न बाध्य भएँ’, अापूर्ति मन्त्रालयमा अायाेजित पत्रकार सम्मेलनमा उनले भने। उनले ६ महिना पदावधि बाँकी रहेकाे अवस्थामा पदबाट राजिनामा दिएका हुन्।

९ महिनाअघि खड्कालाई तत्कालिन सरकारले बर्खास्त गरेको थियो । त्यसपछि अदालत पुगेका उनी त्यहीको आदेशबाट निगम फर्केका थिए । तर, उनलाई आपूर्ति मन्त्रालयले हाजिर गराएर जिम्मेवारीबिहीन गराएको थियो । खड्काले अदालतले न्याय दिए पनि मन्त्रालयमा हाजिर गराएर जिम्मेवारीविहीन बनाएको भन्दै आक्रोस पोखे। नौ महिनासम्म मन्त्रालयमा विना जिम्मेवारी बसेको तर, अब सहन नसकिने अवस्था आएपछि राजीनामा दिएको बताए ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी