अझै भेटिएन साढे ३३ किलो सुन

134 Hits

काठमाडौँ । सुन तस्कर भनिएका चुडामणि उप्रेती ‘गोरे’ का विश्वासपात्र राम तिवारी त्रिभुवन विमानस्थलबाट पक्राउ परे संगै नया नया सूचना फेला पर्दै गएका छन् न्यायालयदेखि सबैतिर सेटिङ मिलाउन सक्ने भनिएका तिवारीलाई गत मंगलबार प्रहरीले पक्राउ गरेको हो ।


तस्बिर-कान्तिपुर

‘साना र मझौला माछा समातिए, अब ठुलो माछा पनि समातिन्छन्,’ गृहमन्त्री रामबहादुर थापाले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने संगै अब बास्तबिक तस्कर को हो त भन्ने बिषय झन् घम्भिर बन्दै गएको छ। यता छानबिन समितिको न्याद सकिन लाग्दा मन्त्रि थापाले भनेका छन् – ‘समितिले तथ्य प्रमाणका आधारमा कारवाही अघि बढाएको छ, ठुला माछा नसमाउदासम्म समितिको म्याद थपिन्छ।’

गृहमन्त्री थापाले साना र मझौला माछा भनेका सुन तस्करीको आरोपमा पक्राउ परेका अभियुक्त हुन्, जो अहिले सुनसरीको झुम्का र मोरङ जिल्ला कारागारमा पूर्पक्षका लागि थुनामा छन्। गृहमन्त्री थापाको दावीले एउटा कुरा भने प्रष्ट भएको छ, सुन तस्करीको सिण्डिकेटमा रहेको त्यो मुख्य अदृश्य पात्र निकै ठुलो र शक्तिशाली छ, जसलाई कठघरामा ल्याउनुअघि प्रमाण जुटाउन यतिबेला सरकार सक्रिय छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाई एयरवेजबाट साढे ३३ किलो अवैध सुन टेकराज मल्ल र रोहित आचार्यले तस्करी गरी ल्याएका थिए। मल्ल र आचार्यले सुन थाई एयरवेजका सिनियर टेक्निसियन सानु बनको जिम्मा लगाएका थिए। त्यही दिन बनले सुन विमानस्थलबाट बाहिर ल्याएर घर पुगेका थिए। बनको घरबाट उनीसँगै तक्ले भन्ने पूण्यप्रसाद लामा समेत सुन पुर्‍याउन अनामनगरसम्म फरक-फरक मोटरसाईकलमा गएका थिए।

सुन बोकेर बन चुडामणि उप्रेति ‘गोरे’ समूहको अड्डा अनामनगर गए। मोबाईलको लोकेशन मार्फत पक्राउ परेकाहरुको बयानमा भने अनुसार नै देखिएको छ। बन अनामनगर भएकै समयमा भुजुङ गुरुङका चालक फाल्दुङ गुरुङ त्यही लोकेशनमा थिए। गोरेको अनामनगर अड्डामा दुईवटा मोटरसाईकलमा रहेका चारजना हेल्मेटधारी अज्ञात व्यक्ति देखेपछि बन अड्डामा नपसी अगाडि बढेको बयान सँगै रहेका लामाले दिएका छन्। लामाले आफूपनि बनको पछिपछि गएको बयानमा खुलाएका छन्। तर अहिले कहाँ छ त् सुन ? मन्त्रि राम बहादुर थापाले भनेका छन् पट्ट नलागे सम्म छोडिन्न ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी