गृहमन्त्रीले भने- अब ठुला माछा मार्छु…

361 Hits

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा बादलले समयमै काम नगर्ने राज्यलाई धोका दिने र बेइमानी गर्ने सबै ठेकेदारहरुलाई कार्वाही गर्ने चेतावनी दिएका छन् ।

एक पत्रकार सम्मेलन आयोजना गरेर उनले सो कुरा बताएका हुन् । यता ‘प्रचण्डका घरधनी शारदाप्रसाद अधिकारीले धेरै आयोजना अलपत्र पारेका छन् । उनलाई कसरी कारवाही गर्नुहुन्छ ?’ भन्ने पत्रकारहरुको प्रश्नको उत्तरमा गृहमन्त्री थापाले भने, ‘सबै ठेकेदार घरधनी छन्, थुप्रै सांसद पनि ठेकेदार छन्, जसले समयमा काम पूरा गर्दैनन् । सम्झौताअनुसार काम नगर्नेलाई जो सुकैको घरधनीलाई कारवाही हुन्छ ।’ गृहमन्त्री थापाले सुन तस्करीको अनुसन्धानका ठूला ‘माछा’ को नजिक पुगेको बताएका छन् । प्रकरणमा पहिले झैँ ठूला माछाहरु पक्राउ नपर्ने आशंका व्यक्त भइरहेका वेला थापाले साढे ३३ केजी सुन गायब प्रकरणबाट सुरु भएको अनुसन्धान ठूला माछाको नजिक पुगेको दाबी गरेका हुन् । मंगलबार पनि गोरेका एक सहयोगी पक्राउ परेको भन्दै माछा मार्ने क्रम जारी रहेको बताएका छन् । उनले भने, ‘हिजो पनि एउटा माछा परेको छ । माछा मार्ने क्रम जारी छ ।’

प्रकरणमा उर्लाबारीका सनम शाक्यको हत्या अनुसन्धान गर्न गएको प्रहरी टोलीका अधिकारीहरुविरुद्ध नै तस्करलाई सघाएको आरोप छ । तत्कालिन अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायत अहिले पुर्पक्षका लागि थुनामा छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी