सरकारी अस्पतालबाट निजी फार्मेसी हट्ने

75 Hits

लिला श्रेष्ठ/मूलखबर।
काठमाडाैं । सर्वोच्च अदालतले सरकारी अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न नदिन परमादेश जारी गरेको छ । सरकारी अस्पताल आफैंले फार्मेसी सञ्चालन गर्नु पर्ने सर्वोच्चले आदेश दीएको छ ।

 

केहि समय अघि वीर अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न दिन निबेदन परे पछि त्यसको विपक्षमा निर्णय गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र तेजबहादुर केसीको इजलासले सरकारी अस्पताल परिसरमा आफैंले फार्मेसी सञ्चालन गर्न अस्पताललाई परमादेश जारी गरेको हो ।

यस अघि अस्पतालले आफैं फार्मेसी सञ्चालन गर्नु भनि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा परिपत्र जारी गरिसकेको थियो । वीर अस्पतालले निजी फार्मेसीलाई सटर भाडामा दिने निर्णय लगभग गरिसकेको थियो । सरकारले तोकेको मापदण्ड अनुसारको आफ्नै फार्मेसी खोल्न सर्वोच्चले वीर अस्पतालका नाममा पनि परमादेश जारी गरेको छ । देशभरिको अस्पतालले आफैं फार्मेसी सञ्चालन गरेर सेवा दिएका छन् कि छैनन् भन्ने अनुगमन र मूल्याङ्कनको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयका नाममा आदेश जारी भएको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*