सुटिङ हब’ दोलखा

112 Hits

 

मूलखबर।

पोखरा कुनै समय चलचित्र नगरीले परिचित थियो । पोखराको सौन्र्दयलाई सयौं चलचित्रले आफ्नो दृष्यमा कैद गरे । तर अहिले अवस्था फरक हुदै गएको छ । कुनै समय थियो दोलखामा चलचित्र सुटिङ हुदै छ भने पछि नायक नायिका हेर्ने भिड हुन्थ्यो । तर, अहिले दोलखामा ठूला ब्यानरका चलचित्र सुटिङ भएर फर्कदा पनि कसैलाई पत्तो हुदैन् ।

विषेश गरेर दोलखामा खिचिएका दर्जनौ चलचित्रका गीत हिट भएकाछन् । कुनै समय सर्वाधिक हिट चलचित्र सिमाना यहि खिचिएको हो । धेरैको मुखमा अहिले पनि उक्त चलचित्रको सोनु निगमले गाएको ‘उकाली आरोलाी गर्दै’ गीत झुण्डिएको छ । यो मात्र होई बक्स अफिसमा सार्वाधिक हिट भएको स्व. नायक श्रीकृष्ण श्रेष्ठको ‘कोहिनुर’ चलचित्रको गीतका केहि दृष्य दोलखाको खरिढुङगामा खिचिएकाछन् । यस्तै ‘नाई नभन्लु ल’ र ‘नाई नभन्नु ल–२’ का सवार्धिक रुचाईएको गीत ‘नाई नभन्नु ल’ शिर्ष गीत पनि दोलखामा नै खिचिएको । हिउँ पर्दापर्दै कालिञ्चोकमा सुटिङ भएको गीतले दोलखाको सुन्दरताको बयान गर्छ ।

lob-sub

यस्तै ‘कुसुमे रुमाल–२’ को शिर्ष एक गीतले दोलखाको शैलुङको सुन्रताको वयान गर्छ । पछिल्लो समयमा झण्डै आधा खिचिएको  चर्चित निर्देशक दिनेश डि सीको ‘मायाज बार’ पनि चरिकोट सहित कालिञ्चोकमा खिचिएको थियो । जसले दोलखाको सुन्दरतालाई भल्काउँछ । दोलखाका विभिन्न पर्यटकिय क्षेत्रमा ठुला ब्यानरका चलचित्र सुटिङको क्रम बढेको छ । खरिढुङगा, शैलुङ, कालिञ्चोक, लामावगर लगायतका स्थान चलचित्रका लागि उत्कृष्ट सुटिङ स्थल बन्दै गएकाछन् ।

लामावगरमा खिचिएको पुरै चलचित्र ‘विर्खेलाई चिन्छस’ पनिले राम्रै छाप छोडेको छ । दोलखा पछिल्लो समयमा ठुला रंगकर्मीहरुले आफना चलचित्रको सुटिङ स्थल बनाउँदै छन् यो जिल्लालाई । आफनो पहिलो चलचित्र ‘सायद’ का केहि दृश्य दोलखामानै सुटिङ भउको बताउँछन् नायक संयम पुरी । ‘म कथा लेख्न एकान्तका लागि समय समयमा दोलखा आउँछु,’ उनले भने ‘मेरो पहिलो रोजाई सधै कालिञ्चोक हुन्छ ।’

nikhil-and-priyanka-5

उनी चर्चित निर्दैशक नारायण पुरी छोरा हुन् । ‘पहिलो पटक त कालिञ्चोकवाट फर्कदा बाटोमा हराए,’  उनले भने ‘चिनेको दाईलाई फोन गरेर बल्ल राती अवेर चरिकोट आएर होटलमा बास बसेको उनले स्मरण समेत गरे ।’ दोलखा चलचित्र सुटिङका लागि स्वर्ग नै हो उनले भने । उन् िमात्र होईन दोलखा आएका धेरै रंगकर्मीलाई मोहित पार्दै छ यहाँको सुन्दरताले । यस्तै भयो यो महिना । नेपाली चलचित्र क्षेत्रमा यतिबेला नायक निखिल उप्रेती र नायिका प्रियंका कार्कीको चर्चा खुबै छ । बक्स अफिसमा आंशिक सफल मानिएका यी दुई कलाकारको हातमा भने चलचित्रको कमी छैन । यी दुइले पहिलो पटक एकसाथ पर्दा शेयर गरेका छन् ।

सुशिल पोख्रेलको निर्माणमा तयार भएको चलचित्र ‘राधे’मा निखिल र प्रियंकाको जोडीलाई देख्न सकिनेछ । जगदिश्वर थापाले निर्देशन गरेको यो चलचित्रको एक गीतको छायांकन हालैमात्र कालिञ्चोकमा गरिएको छ । चलचित्रमा निखिल र प्रियंकाको जोडी खुबै जमेको देखिन्छ । ‘मलाई माफ गर प्रिया’ बोलको यो गीतमा अभिजित भट्टाचार्यको आवाज छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको यो गीत खिच्न ४ दिन लागेको थियो । रामजीका अनुसार हिउँमा सेट लगाएर भिडियो खिच्दा खिच्दा समय लागेको थियो ।

यहि, गीतको छायांकनका क्रममा नायिका कार्की बेहोस पनि भएकी थिइन् । प्रियंकाले दोलखाको पर्यटकिय ठाउँ कालिञ्चोकको हिउँमा स्वास्थ्यलाइ नै चुनौती दिँदै दृश्य दिएको ुराधेु गीत छायाँकनका केहि दृश्य बाहिरिएका छन् । सार्वजनिक स्थिर तश्विरमा मनमोहक दृश्य समावेशसँग निखिल र प्रियंकाको प्रेमभाव झल्किन्छ । स्टारडम बनाएका दुई स्टार फिचरिङमा रहेको फिल्मको गीतको लानी निर्माण टिमले चिसो मौसमलाइ चुनौती दिँदै दृश्य कैद गरेको थियो ।

nikhil upreti and priyanka karki radhe movie

प्रियंकाले पनि कालिञ्चोक र दोलखाको खुले प्रशंसा गरिन । ‘स्वर्ग जस्तै लाग्यो,’ उनले भनिन ‘स्वास्थ्यमा समस्या भएपनि यहाँको सुन्दरताले स्वास्थ्य विग्रिएको अनुभव गर्न दिएन ।’ यस्तै निखल उप्रतीले आफनो भावी चलचित्र दोलखामा सुटिङ गर्ने बताए । ‘किन विदेश जाने सुटिङस्थल खोज्दै,’ उनले भने पहिलो पटक धर्तीको स्वर्ग पुगे जस्तो लाग्यो आगामी चलचित्र यहि सुटिङ गर्छु ।’ अर्जुन पोखरेलले गीतमा संगीत भरेका छन् । निखिलको एक्सन र प्रियंकाको ग्ल्यामर अवतारले चलचित्रप्रति दर्शकको आकर्षण बढ्ने निर्माणपक्षको विश्वास छ । चलचित्रमा नायिका अशिष्मा नकर्मीले पनि काम गरेकी छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी