ग्वाटेमालामा लगातार ज्वालामुखी : सय भन्दा वढिको मृत्यु, लाखौं विस्थापीत (भिडियोसहित)

79 Hits

वीवीसी/
ग्वाटेमालामा केही दिन यता लगातार ज्वालामुखि विष्फोट भइरहेको छ । ज्वालामुखि विष्फोटबाट निस्केको लाभामा परी ७२ जनाको ज्यान गएको आधिकारीक पुष्टि भएको छ भने सय भन्दा वढि वेपत्ता रहेका छन् ।
ग्वाटेमालामा पुनः ज्वालामुखी विस्फोट हुन थालेको छ ।ज्वालामुखी बिस्फोटपछि आपत्कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन् ।

बीबीसीका अनुसार फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ । आइतबार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गइसकेको छ भने  भने अन्य कैयौँ हराइरहेका छन् ।

ज्वालामुखी विस्फोटका कारण १७ लाख मानिस प्रभावित भएको अधिकारीहरूले बताएका  छन्। तीन हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने धेरै मानिसहरूले अस्थायी रूपमा आश्रय लिइरहेका छन् ।

ज्वालामुखी पर्वतको भीरमा रहेका गाउँहरू खरानी र हिलोले पुरिएका छन्।

ज्वालामुखीसम्बन्धी विज्ञहरूले सुरूमा १० किलोमिटर माथिसम्म खरानी फालेको ज्वालामुखी निकट भविष्यका लागि समाप्त भएको मंगलबार बताएका थिए ।

ग्वाटेमालामा सन् १९७४ यताकै विशाल ज्वालामुखी विष्फोट, घरहरु आगाको लाभासँगै बगे !

ग्वाटेमालाको राष्ट्रिय भूगर्भ केन्द्रका प्रमुख एड्डी सान्चेसले आगामी केही दिनसम्म ज्वालामुखी विस्फोट नहुने बताएका थिए।

मंगलबार नयाँ विस्फोट भइरहँदा आपत्कालीन सेवाका अधिकारीहरूले शवको खोजी गरिरहेका थिए।

ग्वाटेमालाको विपद् नियन्त्रण निकायका प्रमुखले आइतबार ज्वालामुखी विस्फोट हुनुअघि कुनै चेतावनी जारी नगरिएको बताएका छन्।

स्थानीयबासिन्दाहरूले आपत्कालमा बच्ने उपायबारे प्रशिक्षण लिए पनि एकदम छिटो ज्वालामुखी विस्फोट भएकोले उनीहरूले सिकेका कुरा लागु गर्न नसकेको उनको भनाइ छ।

ज्वालामुखीसम्बन्धी एकजना विज्ञले ज्वालामुखीबाट निस्किरहेको खरानी र हिलो खतरनाक भएको भन्दै त्यसलाई नजरअन्दाज गर्न नहुने बीबीसीलाई बताए।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*