खानेपानी मन्त्री बीनाले गरिन् प्रकाश स्मृति स्तम्भको शिलान्याश

148 Hits

मूलखबर स‌बाददाता

काठमाडाै‌, २२ जेठ ।

विश्व वातावरण दिवसको अवसरमा तत्कालिन नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा सगरमाथा आरोही दिवंगत प्रकाश दाहालको सम्झनामा प्रकाश दाहाल स्मृति स्तम्भको शिलान्यास गरिएको छ ।

नेकपाका अध्यक्ष प्रचण्डका सुपुत्र समेत रहेका प्रकाशको सम्झनामा नेपाल पर्वतारोही संघले ककनीस्थित पर्वतारोही पार्कमा निर्माण गरेको शिलान्यासको आज एक समारोहबीच खानेपानी मन्त्री बीना मगरले शिलान्यास गरेकी हुन् ।

सो अवसरमा बोल्नु हुँदै मन्त्री मगरले सगरमाथा आरोही तथा सहयोगीहरुले कष्टकर जीवन बिताउनु परेको बताउँदै राज्यले आरोहीहरुको सम्मान र भरण पोषणका लागि विशेष कार्ययोजना ल्याउनुपर्नेम जोड दिए । “प्रकाशजीले समेत बारम्बार आरोहीहरुको जीवनलाई सम्मानजनक कसरी बनाउने भनेर चिन्ता व्यक्त हुन्थ्यो, सकेको पहल पनि गरे ।” मन्त्री मगरले भने “तर अहिले पनि आरोही र शेर्पाहरुलाई जीवन निर्वाहको समस्या रहेको छ । नेपालमा हिमाल र हिमश्रृंखला भनेर हामीले गर्व गर्छौं, आरोहीहरुको सम्मान गर्न सके मात्रै हिमाल र हिमश्रृंखलाको पनि सम्मान हुन्छ ।” मन्त्री मगरले आरोही र सहयोगी शेर्पाहरुको न्यायोचित सम्मानका लागि पहल गर्ने प्रतिबद्धता समेत उक्त अवसरमा व्यक्त गरे ।

Related News

पोखरा पुगेर मन्त्री मगरले भनिन् -जनतालाई शुद्ध पानी खुवाउने मेरो दायीत्व हो

पोखरा, २६ साउन । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले जनतालाई स्वच्छ खानेपानी खुवाउने कार्य आफ्नो दायीत्व भएको बताएकी छिन्…

सुरुङ फिनिसिङको कार्य तत्काल सम्पन्न गर्न खानेपानी मन्त्री मगरको निर्देशन

काठमाडौं : खानेपानी मन्त्री बिना मगरले बागमतीको पानीलाई प्रशोधन गरेर राजधानी उपत्यकाका जनतालाई पुर्‍याउने योजनाको निरीक्षण गरेकी छन्। मन्त्री मगरले…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी