बजेटबारे १२ सांसदका १२ थरी टिप्पणी

118 Hits

काठमाडौँ, २१ जेठ
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५ ७६को बजेटमाथी आइतबारको  प्रतिनिधिसभाको बैठकमा १२ सांसदले १२ थरी टिप्पणी गरेका छन् ।
सत्तापक्षका सांसदहरुले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी, व्यावहारिक र वस्तुपरक रहेको बताएका छन् भने प्रतिपक्षी सांसदले बजेट यथार्थपरक नभएको भन्दै आलोचना गरेका छन् ।
आर्थिक वर्ष २०७५र७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सत्तापक्षका सांसदहरुले बजेट वस्तुपरक रहेको भन्दै कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

सांसद प्रभु शाहले आगामी आवका लागि प्रस्तुत बजेट वस्तुपरक र यथार्थमा आधारित भएको र बजेटले लिएको लक्ष्य उपयुक्त भएकाले कार्यान्वयनमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले शहीद परिवारको जीवनयापन सहज बनाउनका लागि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

सांसद भानुभक्त ढकालले सरकारले आगामी आवका लागि प्रस्तुत गरेको बजेट हालसम्मकै प्रभावकारी रहेको भन्दै विरोधका लागि विरोध गर्ने प्रवृत्ति गलत रहेको बताए।

विगतमा राज्यकोषको चरम दुरुपयोग गरिएको र देखाउनका लागिमात्रै केही कार्यक्रम ल्याइएको भन्दै उनले वर्तमान सरकारले यथार्थवादी बजेट प्रस्तुत गरेको दाबी गरे ।

सांसद राजकिशोर यादवले सरकारले ल्याएको बजेटमा ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा विज्ञापनमा भनिएजस्तै ‘हात्ती र हात्ती छाप चप्पल’ जस्तो भएको बताए । उहाँले स्थानीय, प्रदेश र संघबीचमा बजेटले तालमेल नगरेको भन्दै बजेट संघीताको मर्म भन्दा बाहिर रहेको आरोप लगाए ।
सांसद उमाशंकर अरगरीयाले बजेट वितरण प्रक्रिया व्यवहारिक र वस्तुपरक नभएको, हचुवाको आधारमा मात्रै विनियोजन गरिएको बताए ।

सांसद राजेन्द्र लिङदेनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा व्यक्त भएका प्रतिवद्धताबाट वर्तमान सरकार पर हटेर बजेट निर्माण गरेको भन्दै यस्तो प्रक्रियाबाट आर्थिक समृद्धि प्राप्त गर्न नसकिने टिप्पणी गरे।

सांसद सुजाता कोइरालाले शान्ति प्रक्रिया अझैसम्म नटुङ्गिएकाले सहमति, सहकार्य र एकता अगाडि बढ्नुपर्नेमा जोड दिँदै नेपाली काँग्रेसलाई एक्ल्याएर जाने कार्यले राम्रो नगर्ने बताए ।

आगामी आवका लागि प्रस्तुत बजेटमा नेपाली काँग्रेसले जितेको स्थानीय निकायमा पक्षपात गरेर बजेट विनियोजन भएको भन्दै उनले त्यसलाई सच्याउन आग्रह गरिन् । सांसद कोइरालले पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालालाई बजेटले भूलेकाले त्यसतर्फ ध्यान दिन माग गरिन् ।

सांसद रामेश्वरराय यादवले बजेटमा देखाएको समृद्ध नेपाल, सुखी नेपालीको सपना अत्यन्त महत्वपूर्ण भएको भन्दै प्रतिपक्षलाई साथमा लिएर कार्यान्वयन गर्नुपर्ने बताए ।

सांसद एकवाल मियाँले बजेटले माथिबाट तल्लोस्तरमा कार्यक्रम लगेकाले प्रभावकारी नहुने भन्दै स्थानीय तहदेखि केन्द्रसम्म हुने गरी बजेट बिनियोजन हुनुपर्ने बताए । उनले बजेट असन्तुलित भएकाले त्यसलाई सच्याउनुपर्नेमा जोड दिए ।

सांसद सरिता गिरीले आर्थिक नीति तथा लक्ष्य प्राप्तिका हिसाबले बजेटमाथि शंका रहेको भन्दै केन्द्रिकृत राज्य व्यवस्थाको चरम विन्दुमा रहेको बजेट सामाजिक न्यायका विरुद्ध पनि भएको टिप्पणी गरिन्।
सांसद बिन्दा पाण्डेले सरकारले बजेटमार्फत आर्थिक वृद्धिदर आठ प्रतिशत पु¥याउने, आगामी आव भित्र पाँच लाखजनालाई नयाँ रोजगारी सिर्जना गर्ने, सिपयुक्त जनशक्तिको व्यवस्था गर्ने, निर्यातजन्य उद्योगको विकास गर्नेजस्ता विषय सकारात्मक र प्रभावकारी रहेको धारणा व्यक्त गरिन् ।
सांसद डा नारायण खड्काले आठ प्रतिशत आर्थिक वृद्धिदरको आधार के हो भन्ने प्रश्न गर्दै बजेट ‘फोकस लेन्स’ भएको आरोप लगाए।

सांसद हितबहादुर तामाङले विगतमा उदारिकरणको नाममा उद्योग धन्दा बिक्री गरेर आर्थिक समृद्धि हुन्छ भन्नेहरुले वर्तमान सरकारले ल्याएको बजेटको विरोध गरेको भन्दै सारभूतरुपमा बजेटले समाजवादको आधार तयार पार्ने दावी गरे ।
सांसद पुष्पाकुमारीकर्ण कायस्थले बजेटले सबै क्षत्रेलाई उत्तिकै महत्व दिएको भन्दै यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताइन् ।
सांसद प्रकाशमान सिंहले दुई तिहाई मत प्राप्त वर्तमान सरकारले बजेटमा ‘निराशाको पोको’ मात्रै ल्याएको आरोप टिप्पणी गरे ।
उनले खुला अर्थनीति अंगालेको मुलुकमा निजी क्षेत्रलाई नियन्त्रण गर्न खोजिएको भन्दै सरकारको व्यवहार प्रजातान्त्रिक मूल्य र मान्यता विपरित भएको आरोप लगाए ।

Related News

अायाे १३ खर्ब १५ अर्ब १४ करोडको बजेट, कुन शिर्षकमा कति रकम ? (बजेटकाे पुरा पाठ)

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले  आर्थिक वर्ष २०७५/०७६ को लागि  १३ खर्ब १५ अर्ब १४ करोडको बजेट पेश गरेका छन्…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी