घान्द्रुक पुगेर प्रचण्डले भने – ‘एकताको महत्व हिमालजस्तै उच्च’

256 Hits

पोखरा, २० जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको पार्टी एकताको महत्व अति उच्च रहेको बताएका छन् ।
कास्की जिल्लाको पोखरा अन्नपूर्णमा पुगेर प्रचण्डले उक्त धारणा राखेका हुन् ।
‘प्रचण्ड’ले नेपाली जनताको समृद्धि र विकासको आकांक्षा पूरा गर्न पार्टी एकता भएको बताएका थिए ।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको कास्कीको घान्द्रुकमा आयोजित समापन समारोहमा प्रचण्डले राजनीतिक क्रान्तिमा सात दशक बितेको बताउँदै अबको समय विकास र समृद्धिका लागि भएको उल्लेख गरे ।

निर्वाचन अघि पार्टी एकता गर्ने उद्घोष गरिएकामा त्यसलाई कार्यान्वयनमा ल्याइसकिएको बताउँदै उनले आगामी दिन विकास र समृद्धिका लागि लगाइने बताए ।

अन्नपूर्ण क्षेत्र पर्यटकीय रुपमा विश्वव्यापी नै चर्चा कमाएको क्षेत्र भएको बताउँदै प्रचण्डले पछिल्लो समयमा आन्तरिक पर्यटकको वृद्धि पनि उत्साहजनक रुपमा अघि बढेको उल्लेख गरे ।

अन्नपूर्ण आधार शिविरतर्फ जाने पदमार्गको स्तरोन्नति, होटेलको संख्या विस्तार, स्वामित्व ग्रहणलगायत विषयमा विद्यमान समस्यालाई सम्बन्धित मन्त्रालयमार्फत समाधानका लागि पहल गर्ने विश्वास उहाँले व्यक्त गरे ।

देशको विकास अब नयाँगतिका साथ अघि बढ्ने धारणा राख्दै प्रचण्डले आगामी एक दशकमा विकासले फड्को मार्ने गरी काम अघि बढाइने बताए ।

अन्नपूर्ण गाउँपालिकामा खानेपानी परियोजना परेको बताउँदै उनले फेवातालदेखि बाटो निर्माण, पोलिटेक्निकल इन्टिच्युट स्थापना जस्ता विषय अघि बढ्ने उल्लेख गरे ।

अन्नपूर्ण सेन्चुरी पर्यटन महाेत्सव,समापन समाराेह घान्द्वुक कास्की

Posted by Bishnu Sapkota on Sunday, June 3, 2018

युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले मुलुक र जनताको समृद्धिका लागि खेल पर्यटनको महत्वपूर्ण भूमिका रहेको बताए ।
मुलुकले खेल क्षेत्रमा लगानी बढाउन अपरिहार्य भएको बताउँदै उनले खेलकूदलाई व्यावसायिक रुपमा विकास गर्ने सरकारको तयारी रहेकामा जोड दिए । प्रदेशसभा सदस्य राजिव पहारीले अन्नपूर्ण पदयात्रासँग फेवाताललाई जोडेर पर्यटन प्रवद्र्धनमा जोड दिइनुपर्ने बताए ।

पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले साहासिक खेललाई व्यावसायिक र अन्तर्राष्ट्रियकरण गरिनु जरुरी रहेको उल्लेख गर्दै अन्नपूर्ण पदमार्गमा आवश्यक पूर्वाधार विकासलाई बोर्डले सहयोग गर्ने बताए ।

कार्यक्रममा महोत्सव संयोजक ललित गुरुङ, युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, अर्थ मन्त्रालयका सहसचिव झलकराम अधिकारी, शिक्षा मन्त्रालयका उपसचिव विष्णु अधिकारी, अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर, म्याराथन संयोजक किसान गुरुङलगायतले अन्नपूर्ण क्षेत्रको प्रवद्र्धन र विकासमा महोत्सव महत्वपूर्ण हुने धारणा राखे ।

सो अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका क्रममा सञ्चालित अन्नपूर्ण म्याराथन, महिला तथा पुरुष भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिताका विजेता खेलाडीलाई नगद पुरस्कारसहित पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । रासस

Loading...

Related News

नेपालका सााँस्कृतिक पर्वहरू गाैरब गर्न लायक छन् – प्रचण्ड

काठमाडौं , २७ असाेज । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका सँस्कृति र पर्वहरू गाैरब गर्न लायक भएकाे बताएका छन्…

नेकपाको सचिवालय बैठक २१ गते, के गर्ला सचिवालयले ?

काठमाडौं, १९ असोज- सत्तारुढ दल नेकपाको केन्द्रीय सचिवालय बैठक आगामी असोज २१ गते बस्ने भएको छ । पार्टी अध्यक्षद्वय प्रधानमन्त्री के…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी