पाल्पामा बस दुर्घटना, १३ को मृत्यु, १० घाइते (नामावली सहित)

95 Hits

पाल्पा, १८ जेठ ।
पाल्पामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । १० जना घाइते भएका छन् ।
रम्भा गाउँपालिका ४ हुमिनमा भएको दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको प्रहरीले जनाएको छ । सदरमुकाम तानसेनबाट रामपुर भ्रमणका लागि जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनका सदस्य चढेको लु२ख ९७५ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा २७ जना सवार थिए ।

-फाइल फाेटाे-

ज्यान गुमाउनेहरुमा सहकारीका अध्यक्ष तानसेन ४ का विष्णुमान बज्राचार्य, तानसेन ४ का कृष्णबहादुर बोहोरा, तानसेन(३ का छत्रराज शाक्य, तानसेन ६ का सुशिलप्रसाद श्रेष्ठ, तानसेन ६ का दुर्गाबहादुर सारु, तानसेन ३ का देवेन्द्रलाल प्रधान, तानसेन ३ का कृष्णमान बज्राचार्य, तानसेन ६ का सचिव बज्राचार्य, तानसेन २ का लोकप्रसाद ढकाल, तानसेन ३ की बसन्ती खाँण, तानसेन ६ का गीता बुढाथोकी, तानसेन ३ की कमला कार्की र तानसेन ५ की दुर्गा श्रेष्ठ रहेका छन् ।

सचिन बज्राचार्य र लक्ष्मी कार्कीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुने मध्ये कृष्णबहादुर बोहरा डिभिजन सहकारी पाल्पाका प्रमुख हुन् ।

यस्तै घाइते हुनेहरुमा तानपा–२ को प्रफुल्ल शर्मा, तानपा ६ का विमल रज्जन सहचालक, तानपा ३ का उत्तमकुमार बज्राचार्य, तानपा २ का ओम मलेगो, मुना सारु, तानपा ६ की मिना खाम्चा, तानपा ६ कै अर्जुन थापा ९चालक० र तानसेन कै पुनमाया महर्जन, शान्त बज्राचार्य, प्रविन बज्राचार्य रहेका छन् । घाइते प्रविन बज्राचार्यको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य ८ जनाको मिसन हस्पिटलमा उपचार भइरहेको छ ।

Related News

नुवाकोटमा बस दुर्घटना, २ दर्जन बढि घाइते, ४ गम्भीर

काठमाडौं, ३०  साउन । नुवाकोटको बुङताङबाट काठमाडौं आउंदै गरेको बस बिदुर नगरपालिका वडा ९ सुनाखेतीमा दुर्घटना भएकाे छ । बा…

हट्याे सिण्डिकेट : सरकारले यातायात समिति नवीकरण नगर्ने

काठमाडौँ, ४ साउन / सरकारले यातायात समिति नवीकरण नगर्ने भएको छ । सरकारले सार्वजनिक यातायातमा सुधार ल्याउन एकाधिकार खारेज गर्ने…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी