सुन तस्करीका अभियुक्त एसएसपी खत्रीले पनि गरे आत्मसमर्पण, बच्ने दाउ की कारवाहीको डर ?

209 Hits

काठमाडौं, १७ जेठ ।
साढे ३३ किलो सुन तस्करीका अभियुक्त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले अदालतसामू आत्मसमर्पण गरेका छन् ।

विहीवार जिल्ला अदालत, मोरङमा आएर खत्रीले आत्मसमर्पण गरेका हुन् । उनको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो ।

माघको पहिलो साता त्रिभुवन विमानस्थलबाट भित्रिएसँगै गायव भएको उक्त सुन काण्डका अभियुक्त एसएसपी खत्रीले उक्त सुन काण्डमा धमाधम मान्छेहरु पक्राउ पर्न थालेपछि आत्मसमर्पण गरेका हुन् ।
बहालवाला एसएसपी श्याम खत्रीले गत चैत १३ गतेदेखि वैशाख ११ गतेसम्मको बिदा लिएका थिए । त्यसपछि उनी फरार भएका थिए । प्रहरीले यसअघि नै एसएसपी खत्रीका सवारी चालक र अंगरक्षकलाई भने पक्राउ गरिसकेको छ ।
उनी अहिलेसम्म पक्राउ नपरेपछि बुधबार मात्रै उनको नाम प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोलको डिफ्युजन नोटिसमा राखिएको थियो ।
एसएसपी खत्री यसअघि २०७३ पुष २१ गते केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबीले बरामद गरेको साढे ३३ किलो सुन काण्डमा पनि पक्राउ परेका थिए । त्यसबेला पनि निलम्बनमा परेका उनलाई अदालतले धरौटीमा छाड्न आदेश दिएसँगै उनको निलम्बन फुकुवा भएको थियो ।
त्यसेबला उनी विमानस्थलमा कार्यरत थिए । उनले विमानस्थलबाट सुन पासु गराउँदा प्रतिकिलो ५० हजार रुपैयाँ लिने गरेको यस अघि आत्मसमर्पण गरेका सुन काण्डको मुख्य अभियुक्त बताइने चुडामणी उप्रेती गोरेले बताएका थिए ।
गोरे पछि खत्रीको आत्मसमर्पणले सुन काण्ड झन फितलो बन्ने खतरा पैदा भएको एकाथरीको बुझाई छ ।
अपराध गर्ने र जोगिनको लागि आम्समर्पण गरेको हो वा बच्न नसक्ने डरले आत्मसमर्पण गरेको भन्ने चाहिँ अनुसन्धानबाट खुल्नेछ जे होस अबैध सुन ओसारपसारको यो कृत्य भने पुरनै ढर्राबाट हुने क्रम भने रोकीएको छ ।

Loading...

Related News

सावधान ! अब प्रहरीलाई घुस दिन खोजे सिधै खोरमा

काठमाडौ., २२ मंसिर प्रहरीले कार्वाही गर्न खोज्यो भनेर घुस दिन खोज्नुभयो भने अब सिधै खोरमा जाकीनुपर्ने भएको छ । काठमाडौँ…

आइजिपीको सोधपुछपछि पन्तका हत्यारानजिक प्रहरी, को हुन् रावल ?

काठमाडौं, २१ मंसिर- प्रहरीले निर्मला पन्तका हत्यारानजिक पुगेको दाबी गरेको छ । भीमदत्तनगर नगरपालिका–१८ का १७ वर्षीय प्रदीप रावललाई प्रहरीले…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी