पत्रकारिताको अबको मिसन देश र जनता : सभामुख महरा

130 Hits

काठमाडौं, १५ जेठ ।

सभामुख कृष्णबहादुर महराले पत्रकारिताको मिसन देश र जनता हुनुपर्ने भएको बताउनुभएको छ ।
बुद्धभूमि मिडिया प्रा.लि.ले शुरु गरेको रिपोर्टनेपाल डट कमको आज (मंगलबार) उद्घाटन गर्नुहुँदै सभामुख महराले यस्तो बताउनुभएको हो ।
‘पत्रकारिताको आ–आफ्नै मिसन हुन्छ, सभामुख महराले भन्नुभयो, ‘साँचो अर्थमा पत्रकारिता गर्ने हो भने तपाईंहरुले देश र जनतालाई नबिर्सिनुस्, त्यसमै देशको मिसन पूरा हुन्छ । अबको पत्रकारिताको मिसन पनि देश र जनता नै हुनुपर्दछ ।’

अहिले अनलाइन मिडियाको मुख्य चुनौती विश्वसनीयता स्थापित गर्नु रहेको भन्दै सभामुख महराले मिडियाको विश्वसनीयता कति सत्य, तथ्य र निष्पक्ष हुन्छ, त्यसले नै निर्धारण गर्ने बताउनुभयो ।
तपाईंहरु कति सत्य, तथ्य र निष्पक्ष हुनुहुन्छ, त्यसले नै तपाईंहरुको विश्वसनीयता निर्धारण गर्छ, उहाँले भन्नुभयो, निष्पक्ष भएर पत्रकारिता गर्नुभयो भने विश्वासिलो र मर्यादित हुनुहुन्छ ।’

आफूले १० वर्षअघि सञ्चारमन्त्री रहँदा पत्रकारिता क्षेत्रसँग नजिक रहेर काम गरेको चर्चा गर्दै सभामुख महराले नेपाली पत्रकारिताका चुनौती र अप्ठ्याराहरुसँग परिचित रहेको बताउनुभयो । पछिल्लो समय मिडियाको संख्या निकै बढेको भन्दै उहाँले अनलाइन मिडियाहरु झनै छ्यापछ्याप्ती भएकोले भीडको बीचमा आफ्नै छुट्टै पहिचान बनाउन रिपोर्टनेपाललाई आग्रह गर्नुभयो ।

गणतन्त्र दिवसकै दिन शुरु भएको अनलाइन मिडियाले गणतन्त्रको संस्थागत विकास गर्ने देशको मिसनलाई पूरा गर्न पनि आग्रह गर्नुभयो ।
विगतमा राष्ट्रियता बिनाको लोकतन्त्र र लोकतन्त्र बिनाको राष्ट्रियता रहेको चर्चा गर्दै सभामुख महराले अहिले लोकतान्त्रिक गणतन्त्रमा राष्ट्रियता र लोकतन्त्र सँगसँगै रहेको बताउनुभयो ।

‘विगतमा राष्ट्रियता थियो, लोकतन्त्र थिएन, लोकतन्त्र थियो राष्ट्रियता थिएन, केन्द्रमा राजा–महाराजा र अमूक शक्ति थियो, उहाँले भन्नुभयो, ‘अहिले हामीले लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौं, लोकतन्त्र र राष्ट्रियताको केन्द्र नेपाली जनता बनेका छन् ।’
लोकतान्त्रिक गणतन्त्रका निम्ति ठूलो संघर्ष र बलिदान भएको चर्चा गर्दै महराले जनताको शक्तिले मात्रै परिवर्तन सम्भव भएको बताउनुभयो ।

Loading...

Related News

सभामुख कृष्णबहादुर महराले नर्भिक अस्पतालमा पद्मरत्न तुलाधरलाई भेटे

काठमाडौं, १५ कात्तिक । नर्भिक अस्पतालमा उपचाररत मानवअधिकारकर्मी तथा स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ…

फर्किए सभामुख महरा, के ल्याए तिब्बतबाट (हेर्नुहोस विज्ञप्ती)

काठमाडौं, २७ भदौ प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा ५ दिने औपचारिक भ्रमण पुर गरी तिब्बतबाट स्वदेश फर्किएका छन् । सभामुख महराले…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी