वकिल र मानवअधिकारवादीका दुई जिव्रे कुरा, यस्तो देखियो सामाजिक संजाल

97 Hits

काठमाडौं, १५ जेठ ।
माओवादी जनयुद्धकालीन अभियोगमा जेलमा रहेका नेता तथा पुर्व सांसद बालकृष्ण ढुंगेललाई सरकारले बाँकी कैद मिनाह गरी रिहा गरेपछि वकील र मानवअधिकारकर्मीहरुले फरक फरक टिप्पणी गर्न थालेका छन् ।
सर्वसधारण र माओवादी समर्थकले यसलाई स्वभाविक प्रक्रिया मान्दै सरकारको निर्णयलाई स्वागत गरेका छन् भने वकील र मानव अधिकारवादीहरुले भने दुई जिव्रे कुरा गरेका छन् ।

बालकृष्ण ढुंगलेलाई सामान्य कैदीले पाउने राज्यको सुविधा मुताविक ४० प्रतिशत कैद भुक्तान गरिसकेकोले बाँकी कैद मिनाह गर्ने कानुनी प्रावधान नै लागु गरिएको सरकारी निर्णय छ ।
बालकृष्ण ढुंगेल सामान्य नागरिक होइनन् त्यसैले युद्ध अपराधीको रुपमा सत्य निरुपण आयोगबाट मुद्धाको छिनोपानो नभइन्जेल जेलमा राख्नुपर्छ भन्ने केही मानवअधिकारवादी र वकिलहरु सुबोध प्याकुरेल र दिनेश त्रिपाठीहरुको दावी छ ।
यस अघि बालकृष्ण लगायतका मुद्धाहरु सत्य निरुपण आयोगबाट टुंग्याइनुपर्दछ भन्दा उनीहरुले नै यसलाई अदालतको माध्यमबाट जेल हाल्नुपर्छ भन्दै अभियान सञ्चालन गरेका थिए ।
त्यसैगरी विवेकशील् साझा पार्टीले पनि ढुंगेलको रिरहाइलाई आपत्तिजनक भन्दै विरोध गरेको छ । उक्त पार्टीका रवीन्द्र मिश्रले जारी गरिएको विज्ञप्तीमाथि टिप्पण्ी गर्दै वाइसिएल नेता दिपशिखाले लेखेका छन् गणतन्त्र वालकृष्ण ढुंगेलहरुले लडेर ल्याएको हो ।

Related News

Comments are closed