डोटीमा जीप दुर्घटना, वडाध्यक्षसहित ४ को निधन, ७ घाइते

297 Hits

डोटी, १५ जेठ ।
डोटीको गन्यापधुरा गाउँपालिका २ को गजरौलामा से १ ज ३३० नम्बरको जीप दुर्घटना हुँदा वडाअध्यक्ष सहितचार जनाको ज्यान गएको छ ।
दिपायलबाट कोहलपुरतर्फ गइरहेको उक्त जीप मंगलबार बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा ७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार ज्यान गुमाउनेहरुमा आदर्श गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष प्रेमबहादुर बोहरा, दिपायल- सिलगढी नगरपालिका-४ का गाडीधनी विनोद रावल, आदर्श गाउँपालिका-२ डोटीका लालबहादुर बोहरा र सोही ठाउँकी जानकी बोहरा रहेका पुष्टि भएको छ ।

 

११ जना यात्रु सवार जिपमा सवाार गर्रिहेकामध्ये दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने एकजनाको उपचारका लागि उपक्षेत्रीय अस्पतालमा लैजाने क्रममा बाटोमै निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक विष्णु विकसहित सिरहाका करन कुमार यादव , आर्दर्श गाँउपालिका २ का विनोद बोहरा, विष्णु बोहरा, टेकबहादुर बोहरा र नरेश बोहरा घाइते भएका छन् ।

गम्भीर घाइते तीनजनालाई धनगढी पठाइएको छ भने अन्य चार घाइतेको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

Loading...

Related News

हुम्ला : कर्णालीमा खस्यो जीप, गाउँपालिका उपाध्यक्षसहित १५ बेपत्ता

काठमाडौं, ३ असार । ९ जनाको ज्यान जानेगरी बझाङमा भएको जीप दुर्घटनाको खबर सेलाउन नपाउँदै आज फेरी हुम्लाको कर्णाली नदीमा…

असार लाग्ने वित्तिकै बझाङमा जिप दुर्घटना, ९ को मृत्यु्

काठमाडौं, २ असार । असार लाग्ने वित्तिकै सुदुर पश्चिम प्रदेश अन्त्रगतको बझांग जिल्लामा भएको जिप दुर्घटनामा ९ जानको ज्यान गएको…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी