आपूर्तिमन्त्रीकाे अर्काे एक्सन : ५ पम्प अनुगमन २ मा सिल, कुन-कुन परे कारवाहीमा ?

133 Hits

काठमाडौ, १४ जेठ/

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले एक पछी अर्को एक्सन लिएका छन् । मन्त्री यादवकाे निर्देशनमा उपत्यकाका विभिन्न पाँच पेट्रोल पम्पमा गरिएको अनुगमनपछि दुई पेट्रोल पम्पमा ‘सिल’ गरिएको छ ।

नापतौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनी, मन्त्रीका स्वकीय सचिव सन्तोष विष्ट र नेपाल आयल निगमको प्राविधिकसहितको टोलीले आज बिहान गरेको अनुगमनमा कैफियत गर्ने ती पेट्रोलपम्ममा ‘सिल’ गरिएको हो ।

अनुगमनमा परेका एकान्तकुनाको प्रशान्ति आइल डिस्टिब्युटर र चापागाउँ दोबाटोको महालक्ष्मी विश्वकर्मा आयल सेन्टरले ठग्दै आएको भेटिएको सन्तोष विष्टले मूलखबरलाइ जानकारी दिए । उनका अनुसार प्रशान्तिले प्रति दश लिटरमा ३० एमएल र महालक्ष्मीले प्रति दश लिटरमा ४० एमएल पेट्रोल कम दिँदै आएको थियो ।

दुई पम्पमा सिल गरिएको छ भने अन्य तीन पेट्रोल पम्पमा सामान्य कमजोरी देखिएकाले ती पम्प सञ्चालकलाई सचेत गराएर आवश्यक प्राविधिक एवं व्यवस्थापकीय सुधार गर्ने निर्देशन गरिएको छ ।

मन्त्रालयले उपभोक्ताको हितमा अनुगमनलाई निरन्तरता दिने र आगामी दिनमा यस कार्यक्रमलाई अन्य क्षेत्रमा विस्तार गरिने जनाएको छ ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी