गृह मन्त्रालय कामचोर ठेकेदारको लिष्ट तयार गर्दै, चितवनले पठायो ३८ ठेकेदारको नाम

153 Hits

काठमाडौं, १४ जेठ ।
गृह मन्त्रालयले काम चोर ठेकेदारको लिष्ट तयार पार्दैछ । गृहमन्त्री राम बहादूर थापा बादलले काम चोर ठेकेदारको लिष्ट तयार गरी पठाउन देशभरका सिडिओलाई निर्देशन दिएपछि देशभरबाट त्यस्ता ठेकेदारको लिष्ट तयार गरेर पठाउने कार्य शुरु भएको मन्त्री का स्वकिय सचिव बीरु तामांग सुदिपले मूलखबरलाई बताए ।
मन्त्रीले समयमा काम सम्पन्न नगर्ने तथा अटेर गर्ने ठेकेदारको लिष्ट तयार गर्न निर्देशन दिइसक्नुभएको छ तामांगले भने -जनताको करमा तर मार्ने ठेकेदारलाई कार्वाही गर्ने तयारी भएको छ ।

गृहमन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय चितवनले विभिन्न सरकारी कार्यालयबाट आयोजनाको ठेक्का लिइ काम नगर्ने ठेकदारहरुले नामावली संकलन गरी सार्वजनिक गरेको छ । जिल्लाका विभिन्न सरकारी कार्यालयसँग ठेक्का आयोजना र कार्यप्रगतिबारे विवरण माग गरि संकलन गरिएको चितवनका प्रमूख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।

कामको सुरूआत नै नगर्ने र सुस्त गतिमा काम गर्ने ठेकदारको विवरण गृहमन्त्रालयमा पठाइसकिएको उनले जानकारी दिए । ‘हालसम्म ३८ वटा आयोजनामा तोकिएको समयमा काम सम्पन्न नभएको पाइएको छ’, उनले भने,‘काम नै सुरू नगर्ने र सुस्त गतिमा काम गर्नेहरूको विवरण केन्द्रमा पठाइसकिएको छ ।’

यता, कतिपय आयोजनामा पेश्की रकम लिएर पनि काम नगरेको पाइएको छ । सडक, सिंचाई र पुलको काममा ठेकदार पक्षबाट लापरबाही भएको पाइएको छ । कुल ३८ वटा आयोजना मध्ये १२ वटा आयोजनाका ठेकदारहरूले ५० प्रतिशत पनि काम सकेका छैनन् ।

सिंचाईतर्फका ४ ठेकदारले काम नै सुरू नगरेको पाइएको छ । केरूङ खोला पटिहानीको निर्मार्णाधिन पुल गत २० फागुन भित्रै सक्नु पर्ने थियो तर, जम्मा ४५ प्रतिशत मात्र पनि काम भएको देखिँदैन । काम सम्पन्न गर्नुपर्ने मितिबाट केही ठेकदारले काम नै गर्न छाडेका छन् ।

३८ वटा आयोजनामध्ये २६ वटा आयोजनाका ठेकेदारले ५० देखि ९० प्रतिशतसम्म पनि काम सकेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ठेकदारहरूको लापरबाही हेरेर तत्काल ‘एक्सन’मा जान आफूहरू योजनाका साथ अघि बढेको चितवनका प्रजिअ बस्नेतले बताए । जिल्ला प्रहरी प्रमूख एसपी सुशीलसिंह राठौरले काम नगर्ने ठेकदारलाई थुनेर कारबाही गरिने बताए ।

Related News

कसरी गरिन्छ महिलाको विक्री विदेशी बजारमा ?

काठमाडौं, ३० साउन । केही समयअघि एक महिला दुबइको डान्सबारमा नृत्यकलाकारका रूपमा जान त्रिभुवन विमानस्थल पुगिन् । उनको हातमा दुबइको…

५१ वर्षपछि राहदानीसम्बन्धी नयाँ कानुन, दूरुपयोग गरे यस्तो कारवाही

काठमाडौं, २८ साउन । सरकारले ५१ वर्षपछि राहदानीसम्बन्धी नयाँ कानुन बनाउँदै छ । राहदानी ऐन ०२४ लाई संशोधन तथा एकीकरण…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी