शहीद कृष्ण सेनलाई सम्झीँदै के भने नेकपा अध्यक्ष प्रचण्डले ?

185 Hits

काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले जनताको आवश्यकता र आकस्मिकताबाट नेताको जन्म हुने बताउनु भएको छ ।

राजधानीमा आयोजित महान् सहिद कृष्ण सेन ‘इच्छुक’ को १६ औं स्मृति दिवसका अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘जनताले आफू मध्येबाट आफ्ना प्रतिनिधि पैदा गर्छन् र नेता मार्फत इतिहासको निर्माण गर्ने कुरालाई गति दिन्छन्, यही नै विज्ञानको नियम हो ।’

अध्यक्षले कार्ल माक्र्स, एङ्गेल्स्, लेनिन, माओ जस्ता नेताहरु इतिहासको आजश्यकता र जनताले नै नेतृत्व पैदा गरायो र ती नेताहरुको भूमिका पनि इतिहासमा महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ हामी कहाँ पनि इतिहासको यो बिन्दुमा आइपुग्दा कम्युनिष्ट पार्टीलाई एक बनाएर गएका छौं, यो एकताले हजारौं÷लाखौं नेताहरु एकै चोटी पैदा गरेको छ ।’ नेपालका ठूला कम्युनिष्टहरुको एकताले देशमा मात्र नभई विश्वमा पनि नयाँ नेताहरुको जन्म हुने वातावरण बनाएको उहाँको भनाई थियो ।

अध्यक्षले अगाडि भन्नुभयो, ‘चुनाव लडेर कम्युनिष्टहरुले झण्डै दुईतिहाई मत प्राप्त गरे र लोकतान्त्रिक तरिकाले शासन आफ्नो हातमा लिए भनेर अहिले नेपाल तिर संसारको ध्यान छ ।’ नेपालमा कम्युनिष्टहरुको विजयलाई आलोचनात्मक र सकारात्मक दुबै तरिकाले विश्वले हेरेको उहाँको भनाई थियो ।

अध्यक्षले भन्नुभयो, ‘जनताको तहबाट प्रगतिशील, वामपन्थी र कम्युनिष्टहरु जमातले एकदम सकारात्मक तरिका हेरेको र अर्को कित्ताले चुनौतिको रुपमा हेरेको छ ।’ अध्यक्षले ठूला कम्युनिष्टहरुको एकताले अवसर र चुनौति दुबै ल्याएको बताउनु भयो ।

अध्यक्ष प्रचण्डले कृष्ण सेन इच्छुकबाट इमान्दारिता, आदर्श, निष्ठा, त्याग, सरलता र पारदर्शी गुणबाट शिक्षा लिन सबै सञ्चारकर्मीमा आग्रह गर्नुभयो ।

कार्यक्रममा संचार मन्त्री गोकूल वास्कोटाले सरकारले प्रेस स्वतन्त्रता भरपूर पालना गर्ने तर स्वच्छन्दतालाई भने साथ नदिने बताएका थिए ।

पुर्व एमाले नेता योगेश भट्टराई, प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल, पत्रकार महासंघका उपाध्यक्ष विपुल अधिकारीले धारणा राख्दै कृष्ण सेनको योगदानलाई भुल्न नहुने बताएका थिए ।

प्रेस चौतारी अध्यक्ष गणेश बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रेस चौतारी महासचिव विश्वमणी पोखरेलले स्वागत र प्रेस सेन्टर नेपालका उपाध्यक्ष बलराम थापाले सञ्चालन गरेका थिए ।

मैनाली पुरस्कृत

कार्यक्रममा कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार रघु मैनालीलाई प्रदान गरिएको थियो । मैनालीलाई सामुदायी रेडियो स्थापनामा मुख्य भुमिका खेलेको तथा परिवर्तनकामी आन्दोलनमा सहयोग पुर्याएको भन्दै पुरस्कृत गरिएको बताइएको थियो । उनलाई नगद रु. २५ हजार राशी सहित प्रमाण पत्र प्रेस सेन्टरको तर्फबाट नेकपा अध्यक्ष प्रचण्डले दिएका थिए ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी