सिजीले बाड्यो विजेता ग्राहकलाइ ३२ इन्चको एलइडि टिभी, कसले पाए ?

231 Hits

काठमाडौं, १३ जेठ ।
प्रतिष्ठीत व्यापारिक घराना चौधरी ग्रुपले आफ्नो उत्पादनलाई प्रवद्र्धन गर्न सञ्चालन गरेको उपहार योजना अन्तरगत विजेता ग्राहकलाइ ३२ इन्चको एलइडि टिभी वितरण गरेको छ ।

नयाँ वर्ष २०७५ सालको अगमन सँगै सि.जी.ले आफ्ना समस्त ग्राहक महानुभावहरु माझ विभिन्न किसिमका आकर्षक एवं उपयोगि योजना बजारमा ल्याएको थियो । उक्त योजनालाई विस्तार गर्ने क्रममा सि.जी. ले आफ्नो अफिसियल फेसबुक पेज अन्तर्गत एक नयाँ तथा रोचक क्याम्पियन सञ्चालन गरेको थियो ।

बैशाख महिनाभरी सञ्चालनमा रहेको उक्त क्याम्पियनमा लगभग १३५ जना भन्दा धेरै मानिसहरुले सहभागिता जनाएका थिए । यसै क्रममा सि.जी.ले आफ्ना धेरै भन्दा धेरै घरायसी सामाग्रीहरु पनि विक्री वितरण गरेको थियो ।

उक्त क्याम्पियनमा सि.जी. ले सबै भन्दा धेरै लाईक्स जम्मा गर्नेलाई ३२ इन्चको एल.इ.डि. टि.भी पुरस्कार दिने योजना बनाएको थियो । जस अन्तर्गत सबै भन्दा धेरै लाईक्स ल्याएर विजयी हुने धरानकी सुश्री सृजना शाक्य लाई सि.जी.को युनाईटेड वर्ड ट्रेड सेन्टरमा रहेको आफ्नै ब्राण्ड शोरुमा एक कार्यक्रम आयोजना गरि आज सि.जी.का ब्राण्ड म्यानेजर दिवाकर नगरकोटीले उक्त टि.भी प्रदान गरेका हुन् ।

पुरस्कार वितरण कार्यक्रममा नगरकोटीले नजिकिदो विश्वकप फुटबलमा पनि अझै यो भन्दा पनि राम्रो नयाँ कार्यक्रम गर्ने र सम्पूर्ण महानुभावलाई सहभागिता हुनको लागि आग्रह गरेका थिए ।
सिजीले समय सापेक्ष र सिजन अनुसारका विभिन्न उच्च्स्तरिय र उपयोगी सामानहरु उत्पादन गर्दै आएको छ । सिजीको उत्पादन नेपाली बजारमा अत्यन्तै लोकप्रीय र आकर्षणको केन्द्र बन्दै आएका छन् ।

Loading...

Related News

‘मेरो टिसिएल मेरो विश्वाश’ पूर्ण सफल, ग्राहकलाई २५ प्रतिशत सम्मको छुट

काठमाडौं, ३२ असार । विश्वकै तेस्रो ठुलो टिभी ब्र्यान्ड, टिसिएलले यही फिफा वर्ल्ड कप २०१८ लाई लक्षीत गरेर, ल्याएको मेरो…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी