विश्वमा नेपाल चिनाउन पर्यटन महत्वपूर्ण : सभामुख महरा

155 Hits

 

काठमाडौं, १२ जेठ । सभामुख कृष्णबहादुर महराले नेपालको पहिचान विश्व जगतमा चिनाउन पर्यटन व्यवसाय महत्वपूर्ण भएको बताउनुभएको छ ।

गन्तव्य नेपाल ग्रुपको १४ औं वार्षिकोत्सव तथा टुरिजम म्यान अफ दि इयर प्रदान कार्यक्रममा बोल्दै सभामुख महराले यस्तो बताउनुभएको हो ।

‘पर्यटन व्यवसाय नेपालको आर्थिक समृद्धिको आधार त हो नैै’, सभामुख महराले भन्नुभयो, ‘नेपालको भौगोलिक, ऐतिहासिक, साँस्कृतिक जनजीवन र सभ्यतालाई विश्व जगतमा चिनाउन पर्यटन व्यवसायले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’

नेपालको पर्यटकीय स्रोत साधनका हिसाबले निकै धनी भएको भन्नुहुँदै सभामुख महराले नेपालको पर्यटन विकासका लागि स्पष्ट नीति र दृष्टिकोण चाहिएको बताउनुभयो । अबदेखि नेपालमा स्थायी सरकार बन्ने प्रक्रिया शुरु भएको भन्नुहुँदै उहाँले नेपालको पर्यटन व्यवसायलाई समृद्ध बनाउन सरकारले मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिनुभयो ।

पर्यटन प्रवद्र्धनका लागि आफ्नो ठाउँबाट गर्नुपर्ने कुनै पनि भूमिकामा कमी नहुनेमा जोड दिनुहुँदै सभामुख महराले भन्नुभयो, ‘पर्यटन व्यवसायलाई फस्टाउन आवश्यक पर्ने कानूनहरु के छन् ? बाधक के छ ? राज्यले सहजीकरण गर्ने ठाउँ के हो ? सरोकारवाला भएको हिसाबले तपाईहरुले प्रश्न उठाउनुस्, सरकारलाई घच्घच्याउनुस्, प्र्रस्ताव अघि बढाउन सहयोग गर्नुस् । मेरो तर्फबाट पर्यटन व्यवसायलाई अघि बढाउन मैले गर्नुपर्ने भूमिका निर्वाह गर्न तयार छु ।’

नेपालको पर्यटन उद्योगलाई प्रवद्र्धन गर्न, समृद्ध र समुन्नत बनाउन गन्तव्य नेपालले प्रभावकारी भूमिका निर्वाह गरिरहेकोमा खुसी व्यक्त गर्दै सभामुख महराले अवार्ड तथा सम्मान प्राप्त गर्ने सबैलाई बधाई ज्ञापन गर्नुभयो ।

गन्तव्य नेपालले २०१८ का लागि टुरिजम म्यान अफ दि इयर पर्यटन प्रवद्र्धक प्रतिष्ठा अमात्यलाई प्रदान गरेको छ । त्यस्तै विभिन्न क्षेत्रबाट पर्यटन प्रवद्र्धन गर्ने व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो

Loading...

Related News

सभामुख कृष्णबहादुर महराले नर्भिक अस्पतालमा पद्मरत्न तुलाधरलाई भेटे

काठमाडौं, १५ कात्तिक । नर्भिक अस्पतालमा उपचाररत मानवअधिकारकर्मी तथा स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ…

फर्किए सभामुख महरा, के ल्याए तिब्बतबाट (हेर्नुहोस विज्ञप्ती)

काठमाडौं, २७ भदौ प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा ५ दिने औपचारिक भ्रमण पुर गरी तिब्बतबाट स्वदेश फर्किएका छन् । सभामुख महराले…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी