माओवादी नेता बालकृष्ण ढुंगेललाई जेलमै सडाईराख्ने षड्यन्त्र

1125 Hits

काठमाडौं, १२ जेठ ।
माओवादी जनयुद्धकालीन मुद्धामा पटक पटक जेल जिवन व्यतित गरेका ओखलढुंगाका पुर्व साँसद तथा वाम नेता बालकृष्ण ढुंगेल यतिवेला राजधानीको डिल्लीबजारस्थित सदरखोरमा कैदी बन्दीको रुपमा वसिरहेका छन् ।


ओखलढुगाका उज्जन कुमार श्रेष्ठ हत्याकाण्डको अभियोगमा पटक पटक पक्राउ र जेल जीवन व्यति गरेका उनलाई संवैधानिक व्यवस्था अनुसार ४० प्रतिशत कैद भुक्रान गरिसकेको कैदि बन्दीले पाउने अधिकार स्वरुप बाँकी कैद मिनाहा गरी राज्यले जेल मुक्त गर्न पाउने प्रावधान अनरुप छाड्ने तयारी सरकराले गरीरहँदा उनलाई फेरी जेलमै सडाइराख्ने ष्यन्त्र हुन थालेको छ ।
उनी लगायत सयौं कैदी बन्दीलाई गणतन्त्र दिवसको अवसर पारेर सरकराले रिहा गर्न लागेको खबर सार्वजनीक भएसँगै उनलाई रिहा गर्न नदिन सर्वोच्चमा रिट निवेदन परेको थियो ।
सर्वोच्च अदालतले ज्यान मुद्दामा सजाय भोगिरहेका पूर्वसांसद बालकृष्ण ढुंगेललाई आममाफी दिनुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिनुपर्ने कारणबारे १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको हो । आदेशमा दुवै पक्षलाई यही जेठ १३ गते छलफलका लागि उपस्थित हुन भनिएको छ ।

सरकारले गणतन्त्र दिवसका अवसरमा ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिन गरेको निर्णय रोक्न माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
ढुंगेललाई लागेको उज्ज्न कुमार हत्याको अभियोगको छानवीनमा उनलाई अदालतले दोषी ठहर गरेपनि निज श्रेष्ठको हत्या भएको प्रमाण अझैसम्म भेटिएको छैन । उनको हालसम्म शव पनि भेटिएको छैन ।

Loading...

Related News

खाली खुट्टेले लियाे मार्केट : लाै हेर्नुस भिडियाे

काठमाडाै, १२ चैत – खाली खुट्टे भनेनी भनुन्, म मेरै माटाेमा हुन्छु, पसिना बगाउँछु भन्ने बाेलकाे म्युजिक भिडियाे सार्वजनिक भएसँगै…

अन्तत बालकृष्ण जेलमुक्त, ‘सत्यको जीत षड्यन्त्रकारीको हार’ : ढुंगेल

काठमाडौं, १५ जेठ । गणतन्त्र दिवसको अवसर पारेर पुर्व माओवादी नेता तथा ओखलढुंगाका पुर्व साँसद बालकृष्ण ढुंगेल जेल मुक्त भएका…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी