१६ सहसचिवको एकैसाथ सरुवा १२ को पदस्थापन, को-को कहाँ परे ? विवरणसहित

287 Hits

काठमाडौं, १२ जेठ ।

विभिन्न मन्त्रालय, प्रदेश तथा विभागमा कार्यरत १६ सहसचिवको सरुवा भएको छ । सरकारले एकै दिन १६ सहसचिवको सरुवा गरेको तथा १२ सहसचिवको पदस्थापना गरेको हो ।
सरुवा तथा पदस्थापना भएका सहसचिवमध्ये अधिकांशलाई स्थानीय तह तथा प्रदेश तहमा पठाइएको छ । स्थानीय तहमा १८ सहसचिवमध्ये १५ जनाको दरबन्दी रिक्त रहँदै आएको थियो । अझै केही स्थानीय तहमा सहसचिवको दरबन्दी पूर्ति हुन बाँकी छ ।

कुन सहसचिव कहाँ परे ?

केही समयअघि यातायात व्यवस्था विभागमा रहेर काम गर्दै आएका सहसचिव रूपनारायण भट्टराईलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको छ । उनी केही समयअघि मन्त्रीको आदेशमा मन्त्रालय तानिएका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव शिवलाल तिवारी प्रदेश ३ को प्रदेश प्रमुखको कार्यालयमा सरुवा गरिएका छन् ।
अर्का सहसचिव शेषनारायण पौडेललाई कास्की जिल्लाको पोखरा महानगरपालिकाको कार्यालयमा सरुवा गरिएको छ । त्यसैगरी सहसचिव चक्रपाणि पाण्डेलाई दाङ जिल्लाको घोराही उपमहानगरपालिकाको कार्यालयमा पठाइएको छ ।

सहसचिव ज्ञानराज सुवेदीलाई प्रदेश १ को सामान्य विकास मन्त्रालय पठाइएको छ भने पुष्पराज शाहीलाई हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा पठाइएको छ ।
त्यसैगरी उमेश ढुंगानालाई जनकपुर उपमहानगरपालिकाको कार्यालयमा पठाइएको छ भने हुमकला पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भीष्मकुमार भुसाललाई वीरगन्ज महानगरपालिका पर्सा पठाइएको छ ।

सहसचिव सुमन घिमिरेलाई धरान उपमहानगरपालिकामा पठाइएको छ भने तोयनारायण सुवेदीलाई नेपालगन्ज उपमहानगरपालिकामा खटाइएको छ ।
त्यसैगरी सहसचिव शिवकुमार कार्कीलाई जितपुर सिमरा उपमहानगरपालिका कार्यालयमा खटाइएको छ भने छविलाल रिजाललाई इटहरी उपमहानगरपालिकाको कार्यालयमा सरुवा गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव दिनेश भट्टराईलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ भने संघीय तथा स्थानिय विकास मन्त्रालयका सहसचिव सनत केसीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा खटाइएको छ ।
त्यसैगरी आनन्दराम केसीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोपीकृष्ण खनाललाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा पठाइएको छ । त्यसैगरी राष्ट्रिय योजना आयोगका सहसचिव तुलसीप्रसाद गौतमलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी जानकी वल्लभलाई लोक सेवा आयोगमा सरुवा गरिएको छ भने संघीय मामिला अतिरिक्त समूहका भूपाल बराललाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।

संघीय मामिला अतिरिक्त समूहकी नीता पोखरेल अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ भने शिवराम न्यौपानेलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।

उद्योगका शंकर अर्याललाई संघीय मामिलाको अतिरिक्त समूहमा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णालीका विद्यानाथ झालाई मुख्यमन्त्री कार्यालय कर्णाली प्रदेशमा पठाइएको छ ।

संघीयका रामकृष्ण सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरवा गरिएको छ भने वन तथा वातावरण मन्त्रालयका धीरेन्द्रकुमार प्रधानलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय सुर्खेतमा पठाइएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी आभा श्रेष्ठलाई संघीय मामिलाको अतिरिक्त समूहमा र सामाजिक विकास मन्त्रालय प्रदेश १ विराटनगरका वासुदेव शर्मालाई सोही प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा सरुवा गरिएको छ ।
सहसचिवको सरुवा र पदस्थापन पछि स्थानीय तह र प्रदेश सरकारहरुले गति लिने अपेक्षा गरिएको छ ।

Loading...

Related News

मलाई साथ दिनुस् अपराधीलाई सिध्याईदिन्छु : गृहमन्त्री

काठमाडौँ, २९ असोज  । गृहमन्त्री रामबहादुर थापाले जनताकाे साथ भएमा अपराध र अपराधीहरूलाई सिध्याउन सकिने बताएका छन् । शान्ति र स्थायित्वका…

जव राजीनामा माग्नेले नै गरे प्रशंसा….

काठमाडौं, २१ असोज । जव कसैको राजीनामा माग्नेले नै प्रशंसा गर्न थाल्दछन् अनि कस्तो अनुभुति हुन्छ होला ? हो यस्तै…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी