‘हनिमुन पिरियड’मा सरकारको काम गराइ परिपक्व, के के गर्याे सरकारले ?

87 Hits

काठमाडाै‌ ११ जेठ ।

सरकारकाे १ सय दिन अर्थात हनिमुन पिरीयडमा काम गराइ परिपक्व देखिएकाे छ । यातायातमा देखिएकाे सिण्डिकेट हटाउने, रक्सौल-काठमाडौं विद्युतीय रेल परियोजना सम्झौता र नेपाल भारत जलमार्ग सम्झौता, उपप्रधानमन्त्री नै नराख्ने अडान, घरेलु सुरक्षाकर्मीलाई फिर्ता बोलाउने नीतिगत निर्णयलगायतका निर्णय र कार्यान्वयन अादिले सरकारकाे हनिमुन पिरीयड परिपक्व देखीएकाे विश्लेषकहरुले बताएका छन् ।

प्रधानमन्त्री केपी ओली सिंहदरबार प्रवेश गरेको सय दिन पूरा भएको छ। सय दिन अवधिमा भारतसँगको सम्बन्ध सुधार सरकारको पहिलो प्राथमिकतामा परेको छ।

फागुन ३ गते प्रधानमन्त्री चुनिएको दोस्रो महिनामा चैत २३ देखि २५ सम्म ओलीले पहिलो विदेश भ्रमण दक्षिण छिमेकबाट सुरु गरेका थिए। तेस्रो महिना वैशाख २८ र २९ मा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा स्वागत गरे।

अन्तर्राष्ट्रिय प्रचलनमा ‘मधुमास’ भनिने सरकारको सय दिनलाई ‘बिहानीले गर्ने दिनको संकेत’का अर्थमा लिने गरिन्छ।

 अन्नपूर्ण पाेष्टमा रामकृष्ण अधिकारी लेख्छन्-   पूर्वराजदूत तथा राजनीतिक विश्लेषक नीलाम्बर आचार्य सरकारको पहिलो सय दिन अवधिका भनाइ र गराइलाई सकारात्मक संकेतका रूपमा लिनुपर्ने बताउँछन्। ‘राजनीतिक शक्तिका हिसाबले अहिलेसम्मकै बलियो सरकारको नेतृत्वमा उनी (ओली) छन्’, आचार्यले अन्नपूर्णसँग भने, ‘हनिमुन पिरियडमा उनको काम गराइ परिपक्व देखिएको छ।’

आचार्यले सय दिनको सकारात्मक उपलब्धिका रूपमा भारतसँगको सम्बन्ध सुधारलाई नै लिन सकिने बताए। ‘सय दिनभित्र दक्षिणी छिमेकी मुलुक भारतसँग शिखर तहमै वार्ता-संवाद आदानप्रदान भएको छ, सम्बन्धमा सुधार देखिएको छ,’ आचार्यले भने, ‘बोली सकारात्मक छ, व्यवहार हेर्न बाँकी छ। तैपनि काम गर्ने आधार बनाउने प्रयास गरेकै देखिन्छ।’

सय दिनअघि प्रधानमन्त्री नियुक्त हुँदा राजनीतिक स्थिरता, आर्थिक समृद्धि र विकासप्रति जनअपेक्षाका अनगिन्ती चुनौतीले उनी घेरिएका थिए। संविधान निर्माणसँगै चिसिएको भनिएको भारतसँगको सम्बन्ध सुधार पनि सरकारको चुनौती थियो।

यसअवधिमा उच्चस्तरीय राजनीतिक भ्रमणसँगै नेपाल-भारतबीच विभिन्न सम्झौता समेत भएका छन्। भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले अरुण तेस्रो जलविद्युत् परियोजना संयुक्त शिलान्यास गरे।

त्यसैगरी रक्सौल-काठमाडौं विद्युतीय रेल परियोजना सम्झौता र नेपाल भारत जलमार्ग सम्झौता पनि भएको छ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भारतसँगको सम्बन्ध सुधारलाई राजनीतिक रूपमा सकारात्मक कदम मान्छन्। ‘प्रधानमन्त्री ओलीले भारत भ्रमण जानुअघि र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणअघि सबै पूर्वप्रधानमन्त्रीलाई बोलाएर एजेन्डामा राष्ट्रिय एकता कायम गर्ने कोसिस गर्नुभयो’, श्रेष्ठले भने, ‘यो उहाँको सकारात्मक कदम हो।’

सरकारले उत्तरी छिमेकी चीनसँगको सम्बन्धलाई आफ्नो प्राथमिकतामा राखेको छ। प्रधानमन्त्री ओली आउँदो एक महिनाभित्र चीन जाने तयारीमा छन्।

Related News

Comments are closed