काँग्रेससँग तालमेल गर्दा चुनाव हारीयाे : राप्रपा

110 Hits

काठमाडौं, १०  जेठ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले काँग्रेस सँग तालमेल गरेका कारण चुनाव हारिएकाे निष्कर्ष निकालेकाे छ ।  केन्द्रीय परिषद्को तीन दिने बैठकपछि पत्रकार सम्मेलनमा काँग्रेस लाई दाेषाराेपण गरिएकाे हाे ।

सो बैठकले राजनीतिक तथा वैचारिक कार्यदिशा, संगठनात्मक सुदृढीकरण र प्रशिक्षण सम्बन्धी कार्ययोजनालाई पारित

निर्वाचनको संघारमा भएको पार्टी विभाजन, कमजोर संगठन, नेपाली काँग्रेससँगको तालमेललाई पराजयको मूल कारण ठहर गर्दै बैठकले पार्टीको विधान संशोधन, राजसंस्था सहितको लोकतन्त्र र हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि सशक्त भएर जनतामा जाने निर्णय ग¥यो ।

पार्टीले जेठदेखि माघ मसान्तभित्र छुवाछूतविरुद्ध राष्ट्रिय अभियान, मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, हिन्दू राष्ट्र जनचेतना कार्यक्रम तथा भ्रष्टाचारविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने र समान विचारधारा भएका व्यक्ति, समूह र दलसँग एकता र सहकार्य गर्ने भएको छ ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी