नीति कार्यक्रमबारे कसले के भने ?

कांग्रेसले भन्यो-'असल निबन्ध', बाबुरामले भने-'सकारात्मक'
122 Hits

मधुसूदन रायमाझी,

काठमाडौं
सरकारको नीति कार्यक्रमबारे सत्ता बाहीर रहेका प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेस र नयाँ शक्ति नेपाल तथा मधेशी नेताहरुले पनि नरम प्रतिक्रिया दिएका छन् । उनीहरुले यसलाई कार्यान्वयनमा हेर्नुपर्ने बताएर नीति कार्यक्रम सकारात्मक नै रहेको टिप्प्णी गरेका हुन् ।

सरकारको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले असल निबन्ध भएको टिप्पणी गरेको छ। कांग्रेसले नीति तथा कार्यक्रम राम्रो भए पनि कार्यान्वयनको योजना नभएको बताएको हो।

नीति तथा कार्यक्रम सुनेर बाहिरिँदै गर्दा प्रमुख विपक्षी नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम स्पष्टीकरणजस्तो लागेको प्रतिक्रिया दिए । ५ पटक प्रधानमन्त्री भइसकेका पुर्वप्रधानमन्त्री तथा कांग्रेस सभाति देउवाले सरकारको नीति तथा कार्यक्रमप्रति टिप्पणी गर्न नै आवश्यक नभएको बताए ।
त्यसैगरी कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले नीति तथा कार्यक्रम सुन्दा राम्रो रहेको र नयाँ योजनाहरू ल्याइएको बताउँदै बजेट प्रस्तुत भएपछि मात्र पार्टीले आधिकारीक भनाइ सार्वजनिक गर्ने बताए।

कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नीति तथा कार्यक्रमले स्पष्ट मार्गदिशा नदिएको र प्राथमकिता कार्यान्वयनको स्पष्ट खाका नदेखाएको बताउनुभयो। उहाँले सरकारको नीति तथा कार्यक्रम असल निबन्धका रूपमा भएको भन्दै आलोचना गरे ।

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम सकारात्मक रहेको बताएका छन् ।
उहाँले ५ वर्षमा प्रतिव्यक्ति आय दोब्बर पार्ने र १० वर्षमा दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने भन्ने कुरा विरोधाभासपूर्ण रहेको उनको प्रतिक्रिया छ । भट्टराईले संविधान संशोधन गरेर देशभित्रका असन्तुष्टि सम्बोधन गर्ने कुरा नीति तथा कार्यक्रममा आइदिएको भए राम्रो हुने बताउँदै भने, यो विषय जानी जानी छुटाइएको हो वा बिर्सिएको हो ?’ कतिपय लक्ष्य किटान भएका छन् त्यसलाई प्राप्त गर्न तय गरिएको बाटो अस्पष्ट रहेको बताउँदै संघीयतालाई जोड दिन नसकेको उनको भनाई छ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नीति तथा कार्यक्रममा राम्रा योजना आएको बताउँदै कार्यान्वयन नहुने चिन्ता प्रकट गरे। महतोले संविधान संशोधनको कुरा नआउँदा आफूहरूलाई खल्लो लागेको बताए । सत्तारूढ नेकपाका नेता योगेश भट्टराईले सरकारको विकास र समृद्धिको नारालाई मूर्तरूप दिन नीति तथा कार्यक्रमलाई गाउँतहसम्म कार्यान्वयन गरेर लैजानुपर्ने बताए । -समाचारपत्र दैनिकबाट

नीति तथा कार्यक्रममा समावेश महत्वपूर्ण बुँदाहरुः

  • ५ वर्षभित्र ५ हजार, १० भित्र १० हजार मेगावाट विद्युत उत्पादन गर्ने
  • वैकल्पक उर्जा प्रविधिलाई प्रोत्साहित गर्ने
  • कर्णली, कोशी र गण्डकीमा उच्च क्षमताको  प्रशारण लाइन व्यवस्था गर्ने
  • बैदेशिक लगानीलाई प्रोत्साहित गर्ने
  • बन्द उद्योगलाई सार्वजजिक निजी साझेदारीका रुपमा परिचालित गरिने
  • देशलाई चाहिने औषधी स्वदेशमै उत्पादन गर्ने
  • छाला जुत्ता सस्वदेशमै उत्पादन गरी आत्मनिर्भर गरिने
  • फलाम खानीको परीक्षण गरि निकाल्ने
  • निजी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्वूर्ण अंगको रुपमा हेरिने
  • स्वदेशी वस्तु र सेवाको उत्पादन गरिने
  • सबै प्रकारका सिण्डिकेट, कार्टेलिङ र मिलेमतोलाई अन्त्य गरिने
  • पेट्रोलिय पदार्थको भण्डारण क्षमता बिस्तार गरिने
  • महत्वपूर्ण राजमार्गलाई एक्सप्रेस हाइवेको रुपमा विकास गरिने
  • सडक तथा यातायात सञ्चालन लागत दूरी कम गर्न र सुरक्षा गर्न रेखाङ्कन गरिने
  • ५ वर्षभित्र काठमाडौं निजगढ, हुलाकी मार्ग र मध्यपहाडी मार्ग सम्पन्न गर्ने
  • पूर्व झापाको शान्तिनगरदेखि डडेल्धुरासम्मको मदन भण्डारी मार्ग निमार्ण गरिने
  • सबै सडकमा आवश्यक क्षेत्र अतिक्रमण हुन नदिने
  • रेलमार्गको निमार्ण कार्य अगाडि बढाइने  कोशी, कर्णलीमा जलयात्र गर्न नीति बनाइने
  • सूचना प्रविधमा सकैको पहुच सुनिश्चित गरिने
  • ५ वर्षभित्र विदेश जानु पर्ने स्थितको अन्य गर्न प्रधानमन्त्री रोजगार योजना लागू गरिने
  • बालश्रम निषेध गरिने  सामाजिक कुरीति उन्मुलन गरिने
  • लोपोन्मुख धर्म, भाषा, धर्म  र संस्कृतीको संरक्षण गरिने
  • संघ, प्रदेश र स्थानीय तहमा खेल मैदान तयार गरिने
  • स्थानीय तहमा खेलग्राम र प्रदेशमा रंगशाला बनाइने
  • आमा सञ्चारका माध्यमालाई नेपालीको पुहँच बनाइने
  • अपराध अनुसन्धानलाई वैज्ञानिक प्रमाण आधार बनाइने
  • सरकारी संयन्त्रमा सुधार गरी प्रभावकारी बनाइने
  • सहज सुलभ ढंगबाट सार्वजनिक सेवा प्रदान गरिने
  • योजना बन्ने तर समपन्न नहुने परिपाटीलाई अन्त्य गरिने
  • प्रत्येक मन्त्रालयमा समस्या समाधान कक्षको स्थापना गरिने
  • विपद व्यवस्थापनको पूर्व तयारी गरिने  पूर्ननिमार्णमा तिव्रता दिइने
  • एकवर्षभित्र निजी आवस बनाइने
  • ३ वर्षभित्र धरहरा, काष्ठमण्डप, रानीपोखरी निर्माण गरिसक्ने
Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी