सन्दीप आईपीएलमा तेस्रो खेल खेल्दै

128 Hits

काठमाडौँ । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लगातार तेस्रो खेलमा सहभागिता जनाउँदै छन् । दिल्ली डेयरडेभिल्सले उनलाई मुम्बई इन्डियन्ससँगको खेलमा उतार्ने भएपछि सन्दीपले पछिल्ला तीन खेल खेल्न लागेका हुन् ।

दिल्लीको फिरोज शाह कोटला मैदानमा हुने खेल दिल्लीको यस सिजनको अन्तिम खेल हो। १३ खेलमा ८ अंक मात्र बटुली दिल्ली अंक तालिकाको पुछारमा रहेको छ र यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको छ। दिल्लीलाई पराजित गर्न सके मुम्बई प्ले अफमा पुग्ने छ। खेलमा दिल्लीले टस जितेर ब्याटिङ रोजेको छ। सन्दीपले यसअघि अघिल्लो शनिबार दिल्लीकै फिरोज शाह कोटला मैदानमा रोयल च्यालेन्जर्स बेङलोरविरूद्ध ‘डेब्यु’ गरेका थिए।

उनले सो क्रममा ४ ओभरमा २५ रनमात्र खर्चेर भारतको प्रतिनिधित्व गरिसकेका पार्थिव पटेलको विकेट लिएपछि विश्वव्यापी चर्चा बटुलेका थिए। यद्यपि दिल्लीले उक्त खेल हारेको थियो। शुक्रबार मात्र उनले महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सविरूद्ध ४ ओभरमा २१ रन खर्चेर सुरेश रैनाको विकेट लिएका थिए। आईपीएल खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन्।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी