युवाहरु विदेशिने क्रम रोक्न सरकारकाे यस्ताे तयारी

325 Hits

काठमाडौं ।

सरकारले युवाहरुलाइ स्वेदेशमै राेजगारी पंदान गरी विदेश पलायन राेक्नकाे लागी विशेषा याेजना नीति कार्यक्रममार्फत सार्वजनीक गर्न लागेकाे छ ।

श्रम मन्त्री गोकर्ण विष्टले तत्कालै सम्भव नभए पनि केही वर्षभित्रै हातमा सीप नभएका अदक्ष कामदारलाई विदेश जान रोक्ने बताउँदै आएका छन् ।

युवाकाे लागि रोजगारको अवसर प्रदान गर्न ग्रामीण तहसम्म नै विशेष योजना ल्याउने भएको छ । विगतदेखि सञ्चालनमा रहेका सीपमूलक तालिमका कार्यक्रमलाई प्रभावकारी बनाउने गरी विशेष योजना तयार गरिएको हो । आगामी वर्षको बजेटमार्फत प्रत्येक नगर तथा गाउँपालिकामा सीपमूलक तालिमका कार्यक्रम सञ्चालन गर्ने गरी योजना ल्याउन लागिएको हो ।

नीति तथा कार्यक्रममा नै यो विषय समेटेर त्यसअनरुपको कार्यक्रम ल्याउने तयारी गरिएको छ । श्रम तथा रोजगार मन्त्रालयले युवाहरु विदेशिने क्रम रोक्न श्रमिकको ज्याला बढाउन लागिएको भन्दै स्थानीय तहसम्म नै व्यवहारिक तालिमहरु सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

अहिले सञ्चालनमा रहेका विभिन्न सीप सिकाउने कार्यक्रमलाई फलदायी हुने स्थानीय तहलाई सीप सम्बन्धी सशर्त कार्यक्रम दिन गृहकार्य भइरहेको छ ।

अदक्ष कामदारलाई विदेश जान रोक्ने निर्मम निर्णय गर्नुपर्ने आवश्यकता औंल्याउँदै सीप सिकाउने संयन्त्रलाई स्थानीय तहसम्म विस्तार गर्ने तयारी सरकारको छ । अदक्ष कामदारले देशभित्र रोजगारी नै नपाउने र विदेशमा पनि राम्रो तलव नपाउने, हेपिने, दुःख पाउने लगायतका समस्या छन् ।

Loading...

Related News

भैरहवा विमानस्थललाई ३ अर्ब ३४ कराेड

काठमाडौँ, जेठ ।  सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरी आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने भएको छ ।  हाल…

सामग्रीको अभावले गौतम बुद्ध विमानस्थल निर्माण फेरि प्रभावित

भैरहवा, ११ वैशाख । धावन मार्गको कालोपत्रे अन्तिम चरणमा पुगेका बेला नदीजन्य सामग्रीको अभावले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण फेरि…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का