आपूर्तिमन्त्री मातृका यादव थप उपचारका लागि आज थाइल्याण्डतर्फ

199 Hits

काठमाडाैं, ६ जेठ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिने भएकाे छ । नवगठित नेकपाका स्थायी समिति सदस्य समेत रहेका यादवकाे यसअघि काठमाडौंको नर्भिक अस्पतालमा उपचार हुँदै अाएको थियो ।

उनका स्वकीय सचिव सन्ताेष विस्टले मुलखबरसँग यादवकाे थप उपचारका लागि आइतबार दिउँसो साढे एक बजेको उडानबाट थाइल्याण्ड लगिने बताए ।

उनका अनुसार यादवकाे  टाउको र कम्मरको समस्या छ । पछाडितिर टाउको अति नै दुख्न थालेपछि मातृकालाई अस्पताल भर्ना गरिएको थियो । नर्भिकमा उनलाई डाक्टरहरु पंकज जलन, जीपी जयसवाल लगायतका वरिष्रठ चिकीत्सकहरूले उपचार गर्दै अाएका थिए ।

मातृकाको साथमा नेपालबाट उनकी श्रीमती थाइल्याण्ड जानेछिन् भने उता दूतावासका कर्मचारीहरुले सघाउने छन् ।

Comments are closed