किसानकाे वर्गीकरण जमिनको अाधारमा नभई कृषि कार्यका अाधारमा गर्न माग

82 Hits

काठमाडौं , ५ जेठ ।

किसानकाे वर्गीकरण जमिनको अाधारमा नभई कृषि कार्यका अाधारमा गरिनुपर्ने सराेकारवालाहरूले बताएका छन् ।

किसान अायाेगकाे अायाेजनामा कृषि मन्त्रालयमा भएकाे  अन्तरक्रिया गाेष्ठीमा सहभागीले उक्त धारणा राखेका हुन् ।

कृषी भुमिसुधार मन्त्री चक्रपाणी खनालकाे प्रमूख अातिथ्यमा अायाेजीत कार्यक्रममा किसान वर्गीकरण तथा परिचय पत्र वितरण, याेगदानमा अाधारीत किसान पेन्सन , भू उपयोग  व्यवस्थापन सम्वन्धी कार्यपत्र प्रस्तुत गरिएका थिए ।

अायाेगका अध्यक्ष चित्रबहादुर श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पुर्व मन्त्री हरिबाेल गजुरेल, केशब बडाल, गणेश शाहकाे सहभागीता थियाे । त्यसैगरी सातै प्रदेशका मन्त्री हरू र मन्त्रालयका सचिवहरू, विज्ञहरूकाे सहभागीता रहेकाे थियाे ।

सहभागीहरूले बाँझो जमीनकाे उपयोग र कृषीलाई अात्मसम्मानकाे पेशाकाे रूपमा स्थापित गर्नुपर्नेमा जाेड दिएका थिए ।

Related News

Comments are closed