नेकपा अध्यक्ष प्रचण्ड र ओलीले गरे धुम्वाराही र पेरिसडाँडामा पदभार ग्रहण

170 Hits

काठमाडौं, ४ जेठ ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहहाल प्रचण्ड र के पी ओलीले सावीकका एमाले पार्टी मुख्यालय धुम्वाराही र माओवादी मुख्यालय पेरिसडाँडामा पुगी आफ्नो कार्यालय अवलोकन तथा पदभार ग्रहण गरेका छन् ।

एमाले र माओवादी केन्द्र एकता भई बनेको नेकपाका अध्यक्षद्धय प्रचण्ड र ओलीले दुबै कार्यलयलाई पार्टीको स्वामित्को मुख्यालय मानेर कार्य गर्ने बताएका छन् ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक तत्कालिन माओवादी हाल नेकपाको कार्यालय रहेको पेरिसडाँडामा पुगेका हुन् भने प्रचण्ड यस अघि नै धुम्वाराही पुगिसकेका थिए ।
शुक्रवार अध्यक्षओलीसहित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरुले दुबै कार्यालय अनुगन गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले पहिला धुम्बाराहिमा रहेको नेकपाको कार्यालय अवलोकन गरेका थिए । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, अधयक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत मन्त्री तथा नेताहरुले अवलोकन गरेका हुन् ।
उनीहरुको साथमा वरिष्ठ नेता माधव नेपाल, प्रबक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल लगायतका नेताहरु मुख्यालय पुगेका थिए । मुख्यालय पुग्दा कार्यकर्ताहरुले स्वागत गरेका थिए ।
पेरिसडाँडामा नेताहरुले शहीद तथा वेपत्ताको स्मृतिमा निर्मित स्तम्भमा माल्र्यापण गरेका थिए ।

 

Related News

Comments are closed